१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका जनकपुरधाम
२o८१ जेठ ३ बिहीबार १६:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

जनकपुर साहित्य महोत्सव बिहीबारबाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १६:१३:oo

जनकपुरधाममा ‘जनकपुर साहित्य महोत्सव’को पाँचौँ संस्करण  बिहीबारबाट सुरु हुने भएको छ। फ्याक्ट्स नेपालको प्रायोजन तथा नवमिथिला फाउन्डेसनकाे आयोजनामा  राम मन्दिरको प्रांगणमा  महोत्सव हुनेछ।

तीन दिनसम्म चल्ने महोत्सवमा विभिन्न सत्रमा साहित्य, राजनीति, आर्थिक, सामाजिक, शिक्षा, खेलकुद, सम्पदा, संस्कारसहितका विषयमा सान्दर्भिक शीर्षकहरूमा बहस तथा सांस्कृतिक कार्यक्रम, विभिन्न सामग्रीको बिक्रीका लागि स्टलहरूसमेत राखिने फाउन्डेसनका उपाध्यक्ष आदित्य नेपालले जानकारी दिए। 

अमित झा साहित्य एवार्ड, कवि गोष्ठी, चलु जनकपुरधाम, मधेशको श्रमयात्रासहितका सत्रदेखि ढोलपिपहीसम्मको प्रस्तुति रहने महोत्सवमा संघीयताबारे समेत विमर्श हुने फाउन्डेसनका अध्यक्ष अमित साहले बताए। महोत्सवले मिथिलाको भाषा, साहित्य, कला संस्कृति तथा इतिहासको संरक्षणमा टेवा पुग्ने उनले बताए। 

महोत्सवमा विभिन्न विषयमा २० वटा सत्रमा बहस हुने र महोत्सवमा  जनकपुरबाहिरका करिब ४५ जना विशिष्ट व्यक्तित्व, विज्ञ तथा  कलाकारहरूको सहभागिता हुने जनाइएको छ। 

ad
ad