१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १o:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आसिफ शेखको १२औँ अर्धशतक पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:३९:oo

ओपनर आसिफ शेखले एकदिवसीय करिअरमा १२औँ अर्धशतक पूरा गरेका छन् । आइसिसी विश्वकप लिग– २ अन्तर्गत चौथो खेलमा बुधबार आसिफले नामिबियाविरुद्ध १२औँ अर्धशतक पूरा गरेका हुन् ।

उनले गेरार्ड इरास्मुसको ओभरमा छक्का प्रहार गर्दै अर्धशतकीय इनिङ्स खेलेका हुन् । शेखले ५६ बलमा आठ चौका र एक छक्का प्रहार गरी ५३ रनमा खेलिरहेका छन् ।

उनलाई क्रिजमा चौथो विकेटका लागि बायाँहाते ब्याट्सम्यान कुशल मल्लले २० रनमा साथ दिइरहेका छन् । आसिफले ४८ एकदिवसीय खेलमा एक शतक लगाएका छन् ।

उनले ४८ इनिङ्समा एक हजार तीन सय २६ रन जोडेका छन् । सन् २०२१ मा उनले पपुवा न्युगिनीविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका थिए । नेपालले १८ ओभरको खेल समाप्तिसम्म तीन विकेटको नोक्सानीमा ९४ रन बनाएको छ ।
 

ad
ad