१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख १९ बुधबार १७:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

महिला हाफ म्याराथनमा जिलमु शेर्पा प्रथम

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:४२:oo

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा संखुवासभाको चैनपुर नगरपालिकामा आयोजित नगरस्तरीय दोस्रो उपमेयर महिला हाफ म्याराथनमा जिलमु शेर्पा प्रथम भएकी छिन्।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित नगर युवा तथा खेलकुद विकास समितिद्वारा आयोजित महिला हाफ म्याराथनको उपप्रमुख एलिना श्रेष्ठले उद्घाटन गरेकी थिइन्।

प्रतियोगिताका लागि जिरोप्वाइन्टबाट बसपार्क–त्रिचोक–माथिल्लो बजार हुँदै अस्पताल चोक–डाँगीगाउँ–दलपे हुँदै सिद्धकाली मन्दिर गेटसम्म ६ किलोमिटर दूरी तय गरिएको थियो। प्रतियोगितामा जिलमु शेर्पा प्रथम हुँदा सानीमायाँ लिम्बू द्वितीय र पेमाल्हामु शेर्पा तृतीय भएका छन्। प्रतियोगितामा देवीमायाँ तामाङले सान्त्वना स्थान हासिल गरेको चैनपुर नगर खेलकुद समितिका अध्यक्ष फुर्वा शेर्पाले जानकारी दिए।

विजेतालाई चैनपुर नगरपालिकाकी उपप्रमुख एलिना श्रेष्ठले पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरेकी छिन्। प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेले क्रमशः १० हजार, ७ हजार, ५ हजार र २ हजार रुपैयाँ प्राप्त गरेका छन्। 

प्रतियोगितामा ९३ जना धावक सहभागी थिए। चैनपुर नगरपालिकाले बर्सेनी प्रजातन्त्र दिवसको अवसरमा महिला हाफ म्याराथन प्रतियोगिता सञ्चालन गर्दै आएको छ।

ad
ad