१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
गगन अयडी बाजुरा
२०८० फाल्गुण ७ सोमबार १३:५२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बुढीगंगाको समृद्धिका लागि विकास कचहरी, अवधारणापत्र सार्वजनिक

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०८० फाल्गुण ७ सोमबार १३:५२:००

सुखी र समृद्ध नगरपालिका बनाउने उद्देश्यका साथ बाजुराको बुढीगंगाले समृद्धिका लागि विकास कचहरी कार्यक्रमको आयोजना गरेको छ।

नगरपालिकाले ६ वटा विषयगत समिति गठन गरेको थियो। शिक्षा, स्वास्थ्य, यातायात, कृषि, वन तथा वातावरणलगायतका ६ वटा समितिले समृद्धिका लागि विकास कचहरी अवधारणापत्र सार्वजनिक गरेका थिए।

उक्त पत्रमाथि नगरपालिकामा रहेका बुद्धिजीवी, समाजसेवी, राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, पत्रकार र विषयगत क्षेत्रका विज्ञद्वारा तयार पारिएको अवधारणापत्रमाथि छलफल गरेको नगर प्रवक्ता तथा वडा ६ का अध्यक्ष हेमराज जैशीले बताए।

उनका अनुसार यो पहिलो चरणको छलफल हो। बुढीगंगा नगरपालिकाले १० वर्षीय कार्ययोजना तयार गर्न लागेको प्रवक्ता जैशीले बताए।

कार्यक्रमका सहभागीले बुढीगंगा समृद्धिका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, सबै टोलमा सडक पुर्‍याउनुपर्ने, कृषकहरू व्यवसायबाट आत्मनिर्भर आधुनिक कृषि पेसा संचालन गर्ने, विकास बजेट कार्यकर्तामुखी नभएर विकासमुखी बजेट ल्याउनुपर्नेजस्ता धारणा राखेका थिए।

नगर प्रमुख रामबहादुर बानियाँले सबैको सुझाव सल्लाहअनुसार जनताको पक्षमा काम गर्ने बताए। आफू निर्वाचित भएको एक वर्षभित्र बुढीगंगा नगरपालिकामा विकास निर्माणदेखि अन्य आयआर्जनतर्फका कामहरू धेरै भएको बताए।