१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका मकवानपुर
२०८० फाल्गुण ७ सोमबार १२:५६:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रजातन्त्र दिवसले समुन्नत राष्ट्र निर्माणमा प्रेरणा मिलोस् : प्रदेश प्रमुख शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
२०८० फाल्गुण ७ सोमबार १२:५६:००

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै दिवसले सम्पूर्णमा समुन्नत राष्ट्र निर्माणमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण प्रजातन्त्रप्रेमी नेपालीमा शुभकामना व्यक्त गर्नुका साथै नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका सबै प्रकारका संघर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

‘प्रजातन्त्र दिवसले हामी सबैलाई देश विकास, समृद्धि र समुन्नत राष्ट्र निर्माणका लागि प्रेरणा प्रदान गरोस्,’ सन्देशमा उल्लेख गरिएको छ। वि.सं. २००७ साल आजैका दिन मुलुकमा जहानियाँ निरंकुश शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको थियो। ‘जनताको संघर्षले जित हासिल गरेको ऐतिहासिक दिनको स्मरण गर्दै आज हामी प्रजातन्त्र दिवस मनाइरहेका छौँ,’ प्रमुख शर्माले भनेका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था विगतकै त्याग, तपस्या र बलिदानीको उपलब्धि भएको उल्लेख गर्दै उनले जनप्रतिनिधिमार्फत प्राप्त गरेको संघीयता, धर्मनिरपेक्षता, समानुपातिक एवं समावेशितासहितको संविधानको जग २००७ सालको प्रजातान्त्रिक आन्दोलन भएको बताएका छन्।

विगतका परिवर्तनकारी आन्दोलन, संघर्ष एवं गौरवपूर्ण इतिहासलाई सम्मान गर्दै सहिदहरूले देखाएको बाटोमा हिँड्नु सबैको कर्तव्य भएको पनि प्रदेश प्रमुख शर्माले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन्।