१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार ११:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

केएनपी पेन्ट्सले नारायणी अस्पतालमा बनाइदियो मातृशिशु हेरचाह कक्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:३३:oo

केएनपी जापान प्रालि सब्सिडिअरी अफ कान्साई नेरोलेक पेन्ट्स, इन्डिया एवं ग्रुप कम्पनी अफ कान्साई पेन्ट कम्पनी, जापानले वीरगन्जको नारायणी अस्पतालपरिसरमा मातृशिशु हेरचाह कक्षको स्थापना गरिदिएको छ । कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत निर्माण गरेको उक्त मातृशिशु हेरचाह कक्षको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गरेका हुन् ।  

उद्घाटन कार्यक्रममा सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल तथा प्रतिनिधिसभा सदस्य अजयकुमार चौरसिया र प्रदीप यादवको उपस्थिति रहेको जनाइएको छ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह र केएनपी जापान प्रालि वीरगन्जका सञ्चालक अशोककुमार बैधको पनि उपस्थिति रहेको कार्यक्रममा वक्ताहरूले केएनपीले अत्यावश्यक सेवा र सुविधाको अभिवृद्धिमा पु¥याएको योगदानको कदर गरेका थिए । 

कुल २० शय्याको यस मातृशिशु हेरचाह कक्ष ४५ लाख रुपैयाँ लागतमा तीन महिनाभन्दा कम समयमा निर्माण सम्पन्न भएको जनाइएको छ । 

ad
ad