१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:५१:oo

महासमिति बैठकको तयारी कस्तो हुँदै छ ?
महासमिति बैठकका लागि आवश्यक तयारी चलिरहेको छ । पार्टी केन्द्रीय समितिका तर्फबाट तयार गरिएका तीनवटा दस्ताबेजले अन्तिम रूप पाइसकेका छन् । दस्ताबेज छपाइको क्रम पनि अन्तिम चरणमा पुगिसकेको छ । गोदावरीस्थित बैठक सञ्चालन हुने हल तयारी अवस्थामा छ । दुई हजार हाराहारी महासमिति सदस्यका लागि हल पर्याप्त छ ।

बन्द सत्रका वेलामा सहभागी सबैलाई बैठक स्थलमै खाना, खाजाको व्यवस्था मिलाइनेछ । बसोवासको व्यवस्था सहभागी स्वयंले नै गर्नुहुनेछ । बन्दसत्रमा सहभागी सबै सदस्यलाई चारवटा टोलीमा विभाजन गर्ने तयारी छ । चार टोलीबीच पार्टी केन्द्रले प्रस्तुत गरेका प्रस्तावमाथि समूहगत छलफल हुनेछ । यसका लागि आवश्यक सम्पूर्ण व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको छ । 

बैठकमा कस्ता–कस्ता प्रस्तावमाथि छलफल हुनेछन् ?
हामीले आधिकारिक रूपमा पार्टी केन्द्रका तर्फबाट सांगठनिक प्रस्ताव, समसामयिक राजनीतिक प्रस्ताव तथा नीति र कार्यक्रमसम्बन्धी प्रस्ताव गरी तीनवटा प्रस्ताव तयार गरेका छौँ । चौधौँ महाधिवेशनले नै पार्टीको नीति र कार्यक्रम तय गर्नुपर्ने थियो । तर, त्यतिखेर नीति अधिवेशन गरेर पार्टीको नीति र कार्यक्रम तय गर्ने निर्णय भएको थियो । यो नियमित महासमिति बैठक र नीति अधिवेशन दुवै हो । त्यसैले, पार्टी केन्द्रले तयार गरेका प्रस्तावमाथि नै बृहत् छलफल हुनेछ ।

हिन्दु राष्ट्रलगायत विभिन्न विषयमा फरक प्रस्ताव पनि आएका छन् नि ?
बैठकमा व्यक्तिगत या समूहगत प्रस्ताव आउन सक्छन् । तिनलाई सदस्यहरूका सुझाव र सल्लाहका रूपमा ग्रहण गरिनेछ । महासमितिले आवश्यक ठानेमा तिनलाई केन्द्रीय समितिमा पठाउन पनि सक्छ ।  

ad
ad