१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ६ आइतबार
  • Saturday, 05 July, 2025
२o८o फाल्गुण ६ आइतबार १६:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रौतहटको ईशनाथमा कर्फ्यु लम्बियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ६ आइतबार १६:o१:oo

रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यु अवधि लम्बिएको छ। कर्फ्युको समयमै उच्छृंखल गतिविधि बढेपछि कर्फ्यु अवधि बढाएको स्थानीय प्रशासनले जनाएको छ।

ईशनाथ– ७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई समुदायबीच झडप हुँदा प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो।

सरस्वतीको मूर्ति सेलाउन लैजाने समूहमाथि शनिबार घिउरामा मुस्लिम समुदायले घरको छतबाट ढुंगा हान्दा स्थानीय कार्तिकेश ठाकुरलगायत आधा दर्जन मानिस घाइते भएका थिए।

झडपमा मुस्लिम समुदायतर्फका पनि घाइते भएका, तर संख्या यकिन हुन नसकेको प्रहरीले जनाएको छ। घटना नियन्त्रण गर्न मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी यज्ञविनोद पोखरेल, सशस्त्रका डिआइजी दीपेन्द्र साहसमेत घटनास्थल पुगेका छन्।