नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव चार दल सम्मिलित समाजवादी मोर्चाको संयोजक बनेका छन् । मोर्चाको आइतबार बसेको बैठकले विप्लवलाई संयोजक बनाउने निर्णय गरेको नेकपा माओवादी केन्द्रका महासचिव एवं मोर्चाको सचिवालय सदस्य देव गुरुङले जानकारी दिए ।
यसअघि मोर्चाको संयोजक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल थिए । बैठकले बाँकी रहेका जिल्लामा समाजवादी मोर्चा विस्तार गर्ने निर्णय गरेको छ।
अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चा विस्तार भइसकेको गुरुङले जानकारी दिए । मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेकपा सहभागी छन् ।