१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
भानु नगरपालिका– १ कल्याणटारकी मैया श्रेष्ठ आफ्नो पसलमा । सबैको लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय गरेकी उनले खर्च कटाएर मासिक ४० हजारसम्म बचत गर्ने गरेकी छिन् ।
२o८१ बैशाख २२ शनिबार ११:४२:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लघुवित्तको सहयोगले फेरिएको मैयाको दैनिकी

लघुवित्त सम्मेलन विशेष

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:४२:oo

पछिल्लो समय लघुवित्तबाट ऋण लिएर व्यवसाय सञ्चालन गरेकाहरू पीडित भएको घटनाहरू सार्वजनिक भइरहेका छन् । नयाँ व्यवसाय सुरु गर्न लघुवित्तबाट ऋण निकाल्नेहरूको पछि त्यहाँका कर्मचारीले दुःख दिएको गुनासो पनि सार्वजनिक हुँदै गएको पाइन्छ । त्यही कारणले पनि लघुवित्तप्रति आममानिसको गलत बुझाइ छ । तर, कतिपय ठाउँमा भने लघुवित्तकै कारण जीवन उकासिएको उदाहरण पनि छन् । ऋण लिएर व्यवसाय सुरु गरेका केही महिलाले भने सफलता पनि हात पारेका छन् । तनहुँको डुम्रेस्थित सबैको लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएर सफलता हात पारेका केही पौरखी महिला सफलताका पात्र बनेका छन् ।

बन्दीपुर गाउँपालिका– ५ याम्पाफाँटकी कमला पन्त क्षेत्रीको अहिले जनजीवन नै फेरिएको छ । ०७५ सालमा सबैको लघुवित्त वित्तीय संस्थाबाट एक लाख रुपैयाँ ऋण लिएर उनले गाईपालन सुरु गरेकी थिइन् । सुरुमा दुईवटा गाईबाट व्यवसाय सुरु गरेकी उनले पछि तीनवटा गाई थपिन् । बिस्तारै गाईबाट पनि उनलाई राम्रो आम्दानी हुँदै गयो । अहिले उनको गोठमा १५ वटा गाई छन् । दैनिक एक सय पाँच लिटर दूध बिक्री गर्दै आएको उनले बताइन् । ‘उत्पादित दूध स्थानीय बजारमै खपत भइरहेको छ,’ उनले भनिन् । 

व्यवसायबाट उनी अहिले सन्तुष्ट छिन् । क्षेत्रीका तीन छोरा छन् । त्यतिवेला श्रीमान् विदेशमा थिए । ‘सुरुमा निकै सास्ती व्यहोरेँ । त्यही पनि हिम्मतका साथ अघि बढेँ,’ उनले भनिन्, ‘तीन छोरा साथमै थिए । यहाँ पढ्ने वातावरण मिल्दैन कि भनेर ठूलोबाबाले ठूलो छोरालाई चितवन लगिदिनुभयो । तर, पढाइ खर्च मैले यहीँबाट पठाइदिन्थेँ । बिस्तारै व्यवसाय राम्रो हुँदै गयो । आम्दानी पनि बढ्यो । अहिले खर्च कटाएर मासिक डेढ लाख रुपैयाँ कमाइ हुन्छ ।’ क्षेत्रीले गाईपालनबाट वार्षिक १८ लाख रुपैयाँ आम्दानी गरिरहेकी छिन् । ०७५ मा उनले किशोर गाई फार्म दर्ता गरेर व्यवसाय सुरु गरेकी हुन् ।

क्षेत्रीका अनुसार त्यतिवेला उनी तरकारी लगाएर बिक्री गरी जीवन निर्वाह गर्थिन् । ‘त्यतिले सन्तुष्ट नभएपछि व्यवसाय गर्ने मन लाग्यो,’ उनी भन्छिन्, ‘अनि त्यति नै वेला लघुवित्तले मलाई सहयोग गर्‍यो, त्यसपछि दुईवटा गाई किनेर सुरु गरेकी हुँ । आफूले राम्रो गर्‍यो भने सबैले राम्रो गर्छन्, आफूअनुसार पनि हुन्छ । मेरा लागि लघुवित्त भगवान्जस्तै भयो । मसँग पैसा नभएको भए व्यवसायमा हात हाल्दिनँथिएँ होला । सजिलै पैसा उपलब्ध भयो त्यसपछि काम गरेँ ।’

त्यसैगरी, भानु नगरपालिका– १ कल्याणटारकी मैया श्रेष्ठको दैनिकी पनि फेरिएको छ । तीन वर्षअघिको उनको जीवनशैली फरक थियो । वैदेशिक रोजगारीमा गएका श्रीमान्को कमाइले जीवन निर्वाह गर्दै आएकी उनी बिस्तारै टोल समूहमा आबद्ध भइन् । त्यसपछि लघुवित्तका कर्मचारीहरू पनि गाउँ–टोलमा आउन थाले । उनीहरूले गाउँका महिलालाई स्वावलम्बन बन्नुपर्छ, त्यसका लागि थोरै लगानी गरेर पनि व्यवसाय सञ्चालन गर्न सकिन्छ भने । त्यति मात्र नभई विनाधितो पनि केही रकम लगानी गर्न सकिन्छ भन्ने सुनेपछि व्यवसाय सुरु गर्ने मनस्थिति बनाएको मैया श्रेष्ठले बताइन् । ‘भोलिपल्ट लघुवित्तको कार्यालय पुगेँ । पैसा लिएँ र किराना पसल सुरु गरेँ,’ उनले भनिन् ।

एउटा सानो छोरासहित उनको तीनजनाको परिवार थियो । सानो परिवार भएकाले पनि उसलाई किराना पसल सञ्चालन गर्न सहज भयो । सुरुमा ५० हजार ऋण लिएर किराना पसल सुरु गरे पनि बिस्तारै लगानी बढाएको उनको भनाइ छ । 

‘व्यवसायबाट राम्रै अम्दानी गरेकी छु,’ उनी भन्छिन्, ‘अहिले खर्च कटाएर मासिक ४० हजार बचत हुन्छ । पहिले–पहिले मीठो खान, राम्रो लगाउन पनि कठिन थियो, तर अहिले मन परेको खान र लगाउन पाइन्छ । त्यो पहिलेको दैनिकी परिवर्तन गराउन मलाई लघुवित्तले सहयोग गर्‍यो ।’

सबैले विदेश–विदेश भने पनि खट्न सके नेपालमै राम्रो कमाइ गर्न सकिन्छ भन्ने उदाहरण आफूलाई लाग्ने श्रेष्ठ बताउँछिन् । ‘संस्थाले पनि विश्वास गर्दै गयो । अहिले पनि पाँच लाख लिएकी छु, किस्ता पनि तिर्दै गइरहेकी छु । त्यहाँका कर्मचारीले पनि मलाई विश्वास गरिरहेका छन्,’ उनले खुसी हुँदै सुनाइन्, ‘मलाई यो स्थानमा पुर्‍याउने लघुवित्त नै हो । म सन्तुष्ट छु ।’

तनहुँमा यी दुई महिला सफलताका पात्र मात्र बनेका हुन् । कतिपय ठाउँमा लघुवित्तले दुःख दिएको कुरा सार्वजनिक भइरहेका छन् । तर, डुम्रेको सबैको लघुवित्त वित्तीय संस्था नामजस्तै सबैको नै भएको यी दुई पौरखी महिलाको सफलताको कथाले देखाएको छ ।

गरिबलाई विनाधितो कर्जा दिएर उसको आयस्तर उकास्ने हो : केशवकुमार पौडेल प्रमुख कार्यकारी अधिकृत सबैको लघुवित्त वित्तीय संस्था
सबैको लघुवित्त वित्तीय संस्थाले फुर्सदिला महिलालाई ऋण दिएर सहयोग गर्दै आइरहेको छ । कसैलाई कर्जा चाहिएको छ भने त्यो सजिलैसँग उपलब्ध गराउने संस्थाको लक्ष्य छ । विपन्न र आर्थिक अवस्था कमजोर भएकाका लागि कर्जाको पहुँच बढाउन हामीले सहयोगी भूमिका खेल्ने हो । 

हाम्रो देशभर गरी ९० वटा शाखा कार्यालय छन् । मुख्यगरी आर्थिक अवस्था कमजोर भएका नागरिकलाई माथि उकास्ने उद्देश्यका साथ कार्यालय स्थापना गरिएको हो । गरिबलाई बिनाधितो कर्जा दिएर उसको आयस्तर उकास्ने हो । लगानी गरेको केहीको बाहेक धेरैजसोको राम्रो भएको पनि छ । हामीले लगानी गरेपछि उनीहरूको घरमै पुग्छौँ । गाईवस्तु छन् कि छैनन्, पसल गरेका छन् कि छैनन्, कतै गलत पो गरेका छन् कि भनेर त्यहीँ नै गएर रेखदेख गर्दै आएका छौँ । सानो–सानो कर्जा लिएर उन्नति गर्ने कृषक धेरै नै छन् । उनीहरूको राम्रो भएको पनि छ । हामी सुरुमा विनाधितो लगानी गर्छौँ । त्यसपछि उनीहरूले राम्रो गर्दै गए भने र उनीहरूले अलिकति कर्जा रकम बढाइदिए केही गर्ने थिएँ भन्ने कुरा आयो भने हामी सहजीकरण गर्छौँ । उनीहरूसँग भएको जमिन धितो राखेर या आयस्रोत हेरेर रकम दिन सकिन्छ । 

अहिले हामीले विनाधितो तीन लाख रुपैयाँसम्म दिएका छौँ । त्यसपछि धितो राखेर सात लाखसम्म दिएका छौँ । राष्ट्र बैंकले १५ प्रतिशतभन्दा बढी ब्याज लिन पाइँदैन भनेको छ । हामीले त्यसैलाई आधार मानेर दिएका छौँ ।

हाम्रो संस्थामा सबै गरेर अहिले ७८ हजार सदस्य छन् । अहिले लघुवितमा पनि धेरै विकृति आए । धेरै ठाउँबाट कर्जा लिए, अनि नतिर्ने परिपाटी बढ्यो जसले गर्दा समस्या भयो । तर, यस्तो हुँदा पनि दुई–चार प्रतिशत मान्छे मात्रै छन् नतिर्ने । तर, आममान्छेचाहिँ कर्जा लिएपछि तिर्नुपर्छ । हामीलाई बैंकले यो खालको कर्जा दिएको छ । तिर्नुपर्छ भन्ने भावना भएका नै छन् । उनीहरूले तिरेका पनि छन् । 

ad
ad