१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
उपकार लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिएर भैँसीपालन गरिरहेकी कोहलपुर नगरपालिका– २ शक्तिनगरकी इन्द्रा वली ।
२o८१ जेठ ३ बिहीबार १o:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

उपकार लघुवित्त : दूध बेचेरै दैनिक २५ सय आम्दानी

लघुवित्त सम्मेलन विशेष

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:५२:oo

दूध बिक्री गरेर कोहलपुर नगरपालिका– २ शक्तिनगरकी इन्द्रा वलीले दैनिक दुई हजार पाँच सय रुपैयाँ कमाउँछिन् । उनीसँग ६ वटा भैँसी र तीनवटा पाडापाडी छन् । तीनवटा दुहुना भैँसीले दैनिक कम्तीमा ३० लिटर दूध दिन्छन् । त्यो दूध उनले गाउँमा प्रतिलिटर सय रुपैयाँमा बिक्री गर्छिन् भने डेरी उद्योगले प्रतिलिटर ८० रुपैयाँमा किन्छन् । ‘डेरी उद्योगले घरमै आएर लैजान्छन् । तर, मूल्य थोरै दिन्छन्,’ उनले भनिन् । 

वलीले सुरुमा उपकार लघुवित्त वित्तीय संस्थाबाट १० हजार रुपैयाँ कर्जा लिइन् । उक्त कर्जाबाट बाख्रा खरिद गरिन् । बाख्रा बिक्री गरेर कर्जा चुक्ता गरेकी उनले ५० हजारमा एउटा व्याउने भैँसी किनिन् । त्यो भैँसीले दैनिक ६–७ लिटर दूध दिइरहेको थियो । तर, उक्त भैँसी खाल्डोमा खसेर म¥यो । ‘दुहुनो भैँसी मरेपछि गोठ खाली भयो,’ उनले भनिन्, ‘भैँसीको बिमाबापतको रकम र उपकार लघुवित्त वित्तीय संस्थाबाट एक लाख रुपैयाँ कर्जा लिएर तीनवटा भैँसी किन्यौँ ।’

अहिले वली दूध बिक्रीबाटै मासिक १७ हजार रुपैयाँ कर्जा बुझाउँछिन् । र, मासिक सरदर एक हजार रुपैयाँ उपकार लघुवित्तमा बचत गर्छिन् । व्यावसायिक रूपमा भैँसीपालन गर्न थालेदेखि घर खर्च चलाउन उनलाई पतिसँग हात थाप्न परेको छैन । ‘छोराछोरीको विद्यालय शुल्क, स्टेसनरी, लत्ताकपडाका लागि पतिसँग माग्न पर्दैन । घर व्यवहारसमेत दूध बेचेर चलाउँछौँ,’ वलीले भनिन् ।  भैँसीपालन गर्दा दुःख भए पनि परिश्रमअनुसारको फल पाएको उनले सुनाइन् । उनले भनिन्, ‘भैँसी पाल्न दुःख त छ, तर आम्दानी पनि राम्रो छ ।’

 

शारदाकुमारी खत्री प्रमुख कार्यकारी अधिकृत उपकार लघुवित्त वित्तीय संस्था लि.

पश्चिम नेपालका महिलालाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाई महिला सशक्तीकरण गर्ने उद्देश्यसहित उपकार लघुवित्त वित्तीय संस्था सुरु भएको हो । 

लुम्बिनी प्रदेशको गुल्मी र पूर्वी रुकुमबाहेक १० जिल्लामा कार्यक्रम सञ्चालन गरेको उपकार लघुवित्त वित्तीय संस्था २५ साउन ०७५ मा वित्तीय संस्थामा रूपान्तरण भएको हो । हाम्रो संस्थाले ३३ वटा शाखामार्फत सेवा प्रवाह गर्दै आएको छ । विपन्न, निम्नमध्यम वर्गलाई मध्यनजर गरी स्थापना भई हालसम्म ४१ हजार महिला आबद्ध छन् । 

सुरुवाती चरणमा यसको कुल पुँजी ६ करोड ५६ लाख र चुक्ता पुँजी चार करोड २० लाख रहेकोमा सर्वसाधारणका लागि सेयर खुला गरेपछि १० करोड ६१ लाख रुपैयाँ पुगेको छ । विपन्न महिलालाई विनाधितो कर्जा प्रवाह गर्दै आएको यो संस्थाका सदस्यले सुरुमा मासिक १० रुपैयाँ बचत गरेका थिए । अहिले उनीहरूसँग एक लाखसम्म बचत पुगेको छ । संस्थाले दुई अर्ब सात करोड रुपैयाँ कर्जा लगानी गरी एक अर्ब १२ करोड बचत गरेको छ । 

ad
ad