मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ५ शनिबार
  • Thursday, 19 December, 2024
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएर बाख्रापालन गरिरहेका बुद्धशान्ति गाउँपालिका–१, होक्सेका इन्द्रकुमार गौतमकी श्रीमती गंगादेवी ।
नयाँ पत्रिका काठमाडाैं
२o८o फाल्गुण ५ शनिबार १o:२३:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

किसानका लागि ‘सहारा’

लघुवित्त सम्मेलन विशेष

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण ५ शनिबार १o:२३:oo

बुद्धशान्ति गाउँपालिका–१, होक्सेका इन्द्रकुमार गौतम तीन वर्षअघिसम्म रोजगारविहीन थिए । रोजगारी भएपछि उनी महिनामा दुई दिन पनि घर बस्दैनथे । तर, अहिले उनको दैनिकी फेरिएको छ । उनी खेती र बाख्रापालनमा व्यस्त छन् । श्रीमती गंगादेवी ढकाल गौतमले तीन वर्षअघि सहारा नेपाल बचत तथा ऋण सहरकारी संस्थाबाट एक लाख ऋण लिइन् । उक्त ऋणले २० वटा बाख्रा किनेर बाख्रापालन सुरु गरेपछि भने गौतम अहिले बाख्राको स्याहारसुसारमा व्यस्त छन् । ‘म बिग्रिएको मान्छेलाई सहाराले सुधार्‍यो,’ उनी भन्छन्, ‘कहिले घरमा नहुने मान्छे म आजकाल घर नै छाड्दिनँ । सहाराले नयाँ जीवन दियो ।’ 

श्रीमती गंगादेवीले पनि अहिले घरमै रोजगारी पाएकी छन् । तीन वर्षअघि सुरु गरेको बाख्रापालनले अहिले उनी राम्रो आम्दानी गर्दै आएकी छिन् । ‘बाख्राको बिमा पनि सहारा लघुवित्तले नै गरिदिएको छ । केही भएर बाख्रा मर्‍यो भने पैसा लिन सहकारी धाउनुपर्दैन । खातामा आफैँ पैसा आउँछ,’ गंगादेवी भन्छिन्, ‘बाख्रापालनबाट वर्षमा तीन लाखभन्दा धेरै आम्दानी गरिसकेकी छु ।’ सहाराले नै घाँसको बिउ पनि उपलब्ध गराएको उनी बताउँछिन् । 

यस्तै, सहाराले निःशुल्क बाख्राको उपचार सेवा पनि दिइरहेको छ । बाख्राको खोर बनाउनसमेत सहाराले सहयोग गरेको उनले बताइन् । ‘तालिम पनि वेला–वेलामा दिइरहन्छ । अहिले त हामी औषधि खुवाउन, सुई लगाउन आफैँ जान्ने भइसकेका छाैँ,’ उनले भनिन् । 

सहारा नेपालले उनको गाउँमा महिलाको समूह बनाइदिएको छ । ६ लाखसम्म विनाधितो ऋण लगानी गर्दै आएको छ । गंगादेवीले विभिन्न समयमा गरेर पाँच लाखसम्म ऋण लिएकी थिइन् । उनले महिनैपिच्छे किस्ता बुझाउँदै आएकी छिन् । अब ४४ हजार हाराहारी मात्र ऋण बाँकी छ । ‘साहुबाट लिएर बाख्रापालन सुरु गरेको भए ब्याजसँग एकमुस्ट बुझाउनुपथ्र्यो । त्यसको गर्दा त गाह्रो हुन्छ नि । यहाँ त महिनैपिच्छे अलि–अलि गर्दै तिर्दातिर्दै सकिएको थाहै हुँदैन रहेछ,’ गंगादेवी भन्छिन् । बाख्रापालनबाटै अहिले उनको परिवार राम्ररी चलेको छ । ‘नेपालमै पनि गर्दा हुने रहेछ । विदेश गइरहनुनपर्ने रहेछ,’ उनले भनिन् । 

बुद्धशान्ति–५, शन्तिपुरकी विना गुरुङको दैनिकी केही वर्षअघिसम्म घरायसी काममै बित्थ्यो । तर, तीन वर्षअघि सहारा नेपालबाट दुई लाख ऋण लिएर बाख्रापालन सुरु गरेपछि भने उनको दैनिकी फेरिएको छ । उनले पाँच कट्ठामा बाख्राको खोर बनाएकी छिन् । डेढ बिघा खेती भाडामा लिएर सिजनअनुसारको तरकारी खेती पनि गर्दै आएकी छिन् । ‘अहिलेसम्म सहाराबाट विनाधितो ६ लाखसम्म ऋण लिएँ । अब एक लाख १५ हजारजति बुझाउन बाँकी छ,’ उनी भन्छिन्, ‘सहाराका कारण हामीलाई व्यवसाय गर्न पनि सहज भएको छ । लगानी लगाउने अवस्था नभएका वेला सहाराले लगानी लगाइदिएको छ ।’ सुरुमा १० वटा बाख्राबाट सुरु गरेकी उनले ४६ वटासम्म पुर्‍याइन् । केही महिनाअघि १९ वटा बाख्रा बेचिन् । अब २७ वटा बाँकी छन् । ‘बल्ल प्रतिफल दिन थालेको छ,’ उनले भनिन्, ‘वर्षमा तीन–चार लाख त मज्जाले कमाइ हुने रहेछ ।’ 

अब उनी गाईपालन सुरु गर्ने तरखरमा छिन् । सहाराले उनलाई समय–समयमा तालिम पनि दिइरहेको छ । बाख्रा बिरामी हुँदा प्राविधिक सेवा दिनुका साथै बिमा पनि गरिदिएको छ । जसका कारण सहज भएको गुरुङ बताउँछिन् । ‘सहार नेपाल हाम्रो सहारा बनेर आएको छ,’ उनले भनिन्, ‘म १६ वर्षअघिको सदस्य हुँ । अहिलेसम्म पनि सदस्य नै छु ।’

सामाजिक व्यवसायका रूपमा सहकारी सञ्चालन गरिरहेका छाैँ : महेन्द्र गिरी प्रमुख कार्यकारी अधिकृत सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था
२७ वर्षअघि स्थापना भएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्यालय बिर्तामोड– २ चारपानेमा छ । कोशी प्रदेशका ६ जिल्लामा ८० वटा सेवा केन्द्रमार्फत सेवा दिइरहेका छाैँ । हामीसँग करिब एक लाख ६७ हजार सदस्य आबद्ध छन् । १२ अर्बबराबर बचत, एक अर्ब ६७ करोड हाराहारी सेयर पुँजी र एक अर्ब २३ करोड हाराहारी जगेडा कोष छ । त्यस्तै, १० अर्ब ६० करोडजति लगानी छ भने झन्डै १६ अर्बजति नाफा छ । 

सहकारी सामाजिक व्यवसायको रूपमा सञ्चालन गरिरहेका छाैँ । सदस्य र समुदायको हितका लागि बचत तथा ऋणको कारोबार गर्छौं। त्यसबाहेक पनि विविध खालका कार्यक्रम गर्छौं। बचत तथा ऋणसँगै रेमिट्यान्स, बिमाका कार्यक्रम पनि गर्छौं। नाफा कमाउने मात्र होइन, कमाएको नाफा सदस्य र समुदायमा विभिन्न कार्यक्रममार्फत लगेर सहकारी सञ्चालन गरिरहेका छाैँ । सुशासनका साथ सहकारी चलाइरहेका छाैँ । सदस्यहरूका लागि ‘जीवन बरदान’ कार्यक्रम भनेर स्वास्थ्य सुरक्षा कार्यक्रम चलाएका छाैँ । सदस्य बिरामी पर्दा नेपालभरिको विभिन्न एक सयभन्दा बढी अस्पतालसँग सहकार्य गरेर हामीले उपचारमा सहयोग गरिरहेका छाैँ । कृषिसँग सम्बन्धित कार्यक्रम पनि गर्दै आएका छाैँ । कृषि व्यवसाय शाखा स्थापन गरेर पशु चिकित्सक र कृषि प्राविधिक राखेर गाउँगाउँमा तालिम र पशुधनको सुरक्षा तथा विभिन्न तालिम गर्दै आएका छाैँ । उद्यमशीलता विकास र वित्तीय साक्षरताका कार्यक्रम गर्दै आएका छाैँ । समुदायमा उद्यमी बनाउने कार्यक्रम गर्दै आएका छाैँ । 

हाम्रो लगानी ९० प्रतिशतभन्दा बढी उत्पादन क्षेत्रमा छ । खास गरेर उद्यमशीलतामा ४० प्रतिशत, कृषिमा २० प्रतिशत, स्वरोजगारमा १५ प्रतिशत र विपन्नको आवासका लागि १५ प्रतिशत तथा ऊर्जामा पनि छुट्याएर काम गर्दै आएका छाैँ । 

हामी समुदायमा आधारित छाैँ । गरिब, विपन्न र मध्यम वर्गीयलाई प्रतिनिधित्व गर्छौं। सञ्चालकहरू कसैले पनि ऋण लिन पाउँदैनन् । हामीलाई राष्ट्र बैंकको निर्देशन लाग्दैन । तर, हामीले पालना गरेका छाैँ । जोखिम विश्लेषण गरिरहन्छाैँ । दीर्घकालीन बचत हाम्रो ८० प्रतिशत छ । साना ऋणलाई प्रोत्साहन गर्छौं। ९५ प्रतिशत ऋण साना र गरिब परिवारमा पुगेको छ । गरिब इमानदार हुन्छन् । उनीहरूले इमानदारपूर्वक ऋण तिर्छन् । उनीहरूलाई जागरण र सीप दिएर उद्यमी बनाउनेमा हामी लागेका छाैँ । सहकारीले बैंकले जस्तो ठूलो मात्रमा लगानी गर्ने होइन, भुइँमान्छेको प्रतिनिधित्व गर्नुपर्छ ।