सुरक्षित कारोबारसम्बन्धी पहिलो संशोधन विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रिय सभामा विधेयक दर्ता गरेका हुन्।
विश्वव्यापीकरण, आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियाकलापको प्रकृति, प्रवृत्ति र पद्धतिमा समेत परिवर्तन आइरहेको सन्दर्भमा कुनै व्यक्ति तथा निकायबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाई सुरक्षित कारोबारसम्बन्धी कानुन व्यवस्था समयानुकूल बनाउन विधेयक दर्ता गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
विधेयक बिहीबार दर्ता भएको सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए।