मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ३ बिहीबार
  • Thursday, 19 December, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
२o८o फाल्गुण ३ बिहीबार १२:४o:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालकाे कमजोर ब्याटिङ, १३२ रनमै अलआउट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ३ बिहीबार १२:४o:oo

दोस्रो संस्करणको नेपालले आइसिसी विश्वकप लिग– २ क्रिकेट प्रतियोगितामा नामिबियाविरुद्ध बिहीबार त्रिवि क्रिकेट मैदानमा कमजोर ब्याटिङ प्रदर्शन गरेको छ। पहिलो ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर एक सय ३२ रनको मध्यम योगफल बनाएको छ। 

नेपाललाई अलआउट पार्ने क्रममा नामिबियाका बलर ग्रेहार्ड इरास्मुसले घातक बलिङ गरेका थिए। उनले केवल ८.१ ओभरमा २८ रन खर्चेर नेपालका पाँच महत्वपूर्ण विकेट लिए। उनको यो करिअरकै पहिलो पाँच विकेट प्रदर्शन हो। 

नेपालले नामिबियाविरुद्ध इनिङ्सको कुनै पनि समयमा चुनौतीपूर्ण ब्याटिङ गर्न सकेन। शीर्ष चार ब्याट्सम्यान केवल २१ रनभित्र पेभेलियन फर्केपछि नामिबिया नेपालमाथि हाबी भएको थियो। ओपनर कुशल (०), आसिफ शेख (४), अनिल साह (८) र कप्तान रोहितकुमार पौडेल (१) रनमा आउट हुँदा नेपाल ९.३ ओभरमा २१/४ को कमजोर अवस्थामा पुगेको थियो।

त्यसपछि भीम सार्की र कुशल मल्लले पाँचौँ विकेटका लागि ४६ रनको साझेदारी गरी नेपाललाई १९.५ ओभरमा ६७/५ को स्थितिमा राखे। कुशलले २२ बलमा एक चौका र एक छक्काको सहयोगमा १५ रनको योगदान दिए। नामिबियाको कसिलो र धारिलो बलिङ सामना गर्न नसकेका नेपाली ब्याट्सम्यानले साझेदारीसमेत गतिलो पार्न सकेनन्।

नामिबियाले अवसर पाउँदा नेपालका विकेट लिँदै खेलमाथि नियन्त्रण राखेको थियो। इनिङ्सको २७.४ ओभरमा नेपालले सेट भएका ब्याट्सम्यान भीम सार्कीलाई गुमाएको थियो। भीमले ८६ बलमा दुई चौका र एक छक्का प्रहार गरी ४४ रनको योगदान दिए।

त्यसपछि पुछारका गुलसन झाले ३१ बलमा तीन चौकाको सहयोगमा २१ रन र पवन सर्राफले २२ बलमा १२ रन जोडे। एकपटक जीवनदान पाएका करण केसी ३५ बलमा तीन चौकाको सहयोगमा १६ रनमा नटआउट रहे।

नामिबियाको बलिङमा ज्याक ब्रसेलले पाँच ओभरमा एक मेडन राखी ११ रन खर्चेर दुई विकेट लिए। रुवेन ट्रम्पेल्मानले १० ओभरमा ३० रन खर्चंदै दुई विकेट लिए।