१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o७:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

गण्डकीलाई हराउँदै बागमती सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:o७:oo

बागमतीले गण्डकीलाई दुई विकेटले पराजित गर्दै पोखरामा चलिरहेको मनमोहन मेमोरियल यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल स्थान पक्का गरेको छ । मनमोहन मेमोरियल क्रिकेट एकेडेमीको आयोजनामा बुधबार भएको अर्को खेलमा कर्णालीले कोशीलाई चार विकेटले हरायो । समान तीन खेल खेलेका कर्णाली र कोशी प्रतियोगिताबाट बाहिरिएका छन् । दुवैले समान दुई जित र एक हारको सामना गरे । समूह ‘ए’ बाट बागमतीसँगै गण्डकीले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । 

पहिलो खेलमा कोशीले २५ ओभरमा सात विकेट गुमाएर एक सय ३७ रन जोडेको थियो । कर्णालीले २४.३ ओभरमा ६ विकेट गुमाउँदै एक सय ३८ रनको लक्ष्य पूरा गरेको थियो । कोशीका लागि ओपनर शिवांश बजगाईंले ५५ रनको योगदान दिए । उनले ७० बलमा ६ चौका र एक छक्का प्रहार गरेका थिए । दिपु भुसालले ३२ रन र रविन मण्डलले २१ रन बनाए । कर्णालीका दीपक खत्री म्यान अफ दी म्याच भए । उनले नट आउट २७ रन बनाउन २० बलमा तीन चौका प्रहार गरेका थिए । ओपनर आदित्य विक्रम शाहले २६ रन, विर्जन न्यौपानेले २६ रन र विपिन प्रसाद शर्माले १७ रन बनाए । 

अर्को खेलमा टस जितेर ब्याटिङ रोजेको गण्डकीले २५ ओभरमा नौ विकेट गुमाएर एक सय ५१ रन जोडेको थियो । बागमतीले २४.१ ओभरमा आठ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । गण्डकीका लागि सरोजबहादुर खत्रीले ४७ बलमा पाँच चौका र एक छक्कासहित सर्वाधिक ४४ रनको योगदान दिए । सुदर्शन कोइरालाले ३५ रन, रोहित चन्दले २१ रन र सफल श्रेष्ठले २१ रन जोडेका थिए । बागमतीका लागि खेलका म्यान अफ दी म्याचसमेत रहेका रोहित शर्माले ५९ बलमा सात चौका र दुई छक्कासहित ६६ रन बटुले । 

ad
ad