१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १o:११:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मधेश र सुदूरपश्चिमको जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:११:oo

मधेश र सुदूरपश्चिमले पोखरामा चलिरहेको मनमोहन मेमोरियल यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार जित निकालेका छन् । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मधेशले लुम्बिनीलाई १२ रनले हरायो । टस जितेर ब्याटिङ रोजेको मधेशले २५ ओभरमा सबै विकेट गुमाएर एक सय २८ रनको योगफल बनायो । प्रत्युत्तरमा लुम्बिनी २३.३ ओभरमा एक सय १६ रनमा समेटियो । मधेशका लागि परिमर्जन यादवले ४० बलमा तीन चौकाको सहयोगमा २८ रन बनाए । 

असिम अली मनसुरीले २३ रन, जेनिस मुखियाले १६ रन र चन्दन रामले १२ रन बटुले । लुम्बिनीका लागि ऋषभ बेलबासेले २१ बलमा एक चौका र दुई छक्काको सहयोगमा २४ रन बटुले । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले आयोजक मनमोहन मेमोरियललाई सात विकेटले पराजित गर्‍यो ।

टस जितेर ब्याटिङ गरेको मनमोहनले २२.४ ओभरमा सबै विकेटको क्षतिमा ६९ रनको योगफल खडा गर्‍यो । झिनो लक्ष्य पछ्याएको सुदूरपश्चिमले ९.१ ओभरमा तीन विकेट गुमाएर ७२ रन जोड्यो । मनमोहनका लागि धीरज देउजाले १७ बलमा तीन चौकासहित सर्वाधिक १७ रन जोडेका थिए । 

ad
ad