१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १ मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका पूर्वी नवलपरासी
२o८o फाल्गुण १ मंगलबार १६:५२:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

घडियाल काव्य उत्सवको तेस्रो संस्करण सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, पूर्वी नवलपरासी
नयाँ पत्रिका
२o८o फाल्गुण १ मंगलबार १६:५२:oo

पूर्वी नवलपरासीमा तेस्रो संस्करणको घडियाल काव्य उत्सव सम्पन्न भएकाे छ। माघ २८ र २९ का दिन ह्याप्पी एफएमको आयोजनामा गरिएको कार्यक्रममा विभिन्न सातवटा विषयमाथि छलफल गरिएकाे थियाे।

शाश्वतधाममा गरिएको कार्यक्रमकाे गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषिमन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गरेका थिए। कार्यक्रम उद्घाटन गर्दै मन्त्री जिसीले घडियाल काव्य उत्सवले लोपोन्मुख घडियाल गोहीको संरक्षणसँगै प्रकृति संरक्षण एवं यस क्षेत्रको पर्यटन र साहित्यको प्रवर्द्धनमा टेवा पुग्ने बताए।

कार्यक्रममा ‘नवलपुरमा पर्यटन : हिजो, आज र भोलि’,  ‘पृथ्वीका अन्तिम डायनासोर घडियाल’,  ‘मौलाकालिकादेखि त्रिवेणी : सानो जिल्लाको विराटता’,  ‘प्रकृति, पर्यटन र साहित्य’, ‘गोलमेच पालिका बहस : लगाव र लगानी’, ‘सिने पर्यटन : नवलपरासीदेखि नवलपुरसम्म’लगायतका विषयमा छलफल गरिएको थियो।

समापनसत्रमा जिल्लाका दुई व्यक्तित्वलाई सम्मान गरिएको छ। नेपाली साहित्यमा योगदान दिएबापत कवि लोकनाथ खरेललाई ‘ह्याप्पी प्रकृति साहित्य सम्मान–२०८० र पत्रकारितामार्फत जिल्लाको प्रकृति संरक्षण र पर्यटन प्रवर्द्धनमा योगदान गरेबापत पत्रकार सञ्जय भट्टराईलाई ‘ह्याप्पी प्रकृति संरक्षण पत्रकारिता पुरस्कार–२०८०’ बाट सम्मानित गरिएकाे छ।

आभानी मिडिया प्रालिका अध्यक्ष डिल्लीराम कडरिया र प्रबन्ध–निर्देशक दिपेश कडरियाले खरेल र भट्टराईलाई नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरेका थिए।