१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार ११:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

लुम्बिनीमा अहिलेसम्मकै उच्च विराट चक्र विज्ञान कार्यक्रम हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:२९:oo

‘बुद्धको ज्ञान लुम्बिनीमा ध्यान’ भन्ने नाराको साथमा भगवान् बुद्धको जन्मस्थल लुम्बिनी, रूपन्देहीमा अहिलेसम्मकै उच्च विराट चक्र विज्ञान कार्यक्रम हुने भएको छ । आउँदो चैत १७ गतेदेखि २३ गतेसम्म चल्ने उक्त कार्यक्रममा पाँच हजार एकजनालाई  जीवन विज्ञानका विशेषज्ञ एवं सदगुरु भानु गुरुदेव र रमेश गुरुदेवले ध्यान साधनाको प्रशिक्षण दिनेछन् । 

ध्यान साधनासम्बन्धी यो अहिलेसम्म विश्वकै उच्च संख्यामा हुन गइरहेको कार्यक्रम हो । चक्र विज्ञान मनुष्यभित्र रहेको सातवटा चक्रको क्षमता जगाउने ध्यान साधना कार्यक्रम भएको आयोजकको भनाइ छ । यस कार्यक्रमपश्चात् सहभागीले आफ्नो जीवन पूर्ण स्वस्थतर्फ उन्मुख भएको महसुस गराउने आफ्नो उदेश्य रहेको आयोजकको दाबी छ । 
 

ad
ad