१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
एजेन्सी नयाँदिल्ली
२o८१ बैशाख २१ शुक्रबार o९:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

कतारमा मृत्युदण्डको सजाय पाएका आठ भारतीय पूर्वनौसैनिकलाई आममाफी

Read Time : < 1 मिनेट
एजेन्सी, नयाँदिल्ली
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:o८:oo

 कतारमा मृत्युदण्डको सजाय पाएका आठ पूर्वभारतीय नौसैनिकलाई त्यहाँका अमिरले आममाफी दिएपछि रिहा भएका छन् । १८ महिनादेखि कतारको कारागारमा रहेका ती नौसैनिकको रिहाइको भारतले स्वागत गरेको छ । भारतको परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै रिहा भएका अधिकांश नौसैनिक स्वदेश फर्किएको जनाएको छ । 

‘कतारमा थुनामा रहेका आठ भारतीय नागरिकको रिहाइको भारत सरकार स्वागत गर्छ । दहरा ग्लोबल कम्पनीमा काम गर्ने आठ भारतीयमध्ये सात रिहाइपछि भारत फर्किसकेका छन्,’ परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । रिहाइको प्रक्रियाबारे विस्तृत विवरण सार्वजनिक नगरिए पनि कतारका अमिर तमिम इब्न हमाद अल थानीको व्यक्तिगत क्षमादानबाट ती रिहा भएको विज्ञप्तिमा उल्लेख छ । 

‘हामी कतारका अमिरले हाम्रा नागरिक रिहाइ गरेर घरफिर्ती गर्न दिने निर्णयको प्रशंसा गर्छौँ,’ मन्त्रालयले भनेको छ  । फेब्रुअरी ८ को परराष्ट्र मन्त्रालयको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ताले आफूहरूले मृत्युदण्डको सजायलाई जेल सजायमा परिणत गराउनेबारे विचार गरिरहेको बताएका थिए । ‘कतारको सन्दर्भमा पुनरावेदन अदालतमा मुद्दा लाने विषय अहिले पनि पहिले तपाईंलाई जानकारी गराएको अवस्थाबाट अघि बढेको छैन,’ परराष्ट्र मन्त्रालयका प्रवक्ताले चार दिनअघि पत्रकारलाई बताएका थिए । 

अगस्ट २०२२ देखि हिरासतमा रहेका ती पूर्वभारतीय नौसैनिकलाई गत अक्टोबर २६ मा कतारको अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । भारत सरकारले फैसलाबाट आफू ‘अत्यन्त स्तब्ध भएको’ टिप्पणी गरे पनि त्यसको आलोचना भने गरेको थिएन । डिसेम्बरमा दुबईमा सम्पन्न सिओपी शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संक्षिप्त व्यक्तिगत भेटघाटमा ती नौसैनिकको अवस्थाबारे छलफल भए ÷नभएको खुलाइएको थिएन । उनीहरू पक्राउ पर्नुको कारण अहिलेसम्म खुलासा गरिएको छैन, तथापि मिडिया रिपोर्टले भने उनीहरूविरुद्ध जासुसीको आरोप लागेको हुनसक्ने संकेत गरेका थिए ।
– द वायरबाट

ad
ad