१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार ११:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:२८:oo

मेकअपले हाम्रो व्यक्तित्व खुलाउँछ । सनस्क्रिन क्रिमले छालालाई जोगाउने कामसमेत गर्छ । तर, मेकअपमा प्रयोग हुने प्रडक्ट राम्रो हुन जरुरी छ । अन्यथा, यसले दीर्घकालमा छालालाई नै असर गर्न सक्छ । 

- राम्रोसँग अनुहार सफा गरेर मात्र मेकअप गर्न जरुरी छ । अनुहार सफा गर्दा छालाको प्रकृतिअनुसारकै फेसवास प्रयोग गर्नुपर्छ । जस्तो पायो त्यस्तै फेसवासले छालामा संक्रमण ल्याउन सक्छ ।

- मोस्चराइजर प्रयोग गर्दा छालाको प्रकृतिबारे जानकार हुनुपर्छ । सुत्नुअघि राम्रोसँग अनुहार सफा गरी नाइटक्रिम लगाएमा स्किनमा चमक ल्याउन सहयोग मिल्छ ।

- हतारमा मेकअप कहिल्यै पनि गर्नुहुँदैन । जहिले पनि मेकअप गर्दा बेस राम्रो बनाउन जरुरी छ । अनि, बिस्तारै प्रक्रियाअनुसार मेकअप गर्नुपर्छ ।

- आँखावरिपरि कालो दाग छ भने फाउन्डेसनले छोपिदिनुपर्छ । वाटरप्रुफ प्रयोग गरेमा लामो समय मेकअप टिकाउन सम्भव हुन्छ । ड्रेसअपअनुसार मेकअपको कम्बिनेसन मिलाउनसमेत जरुरी छ ।

ad
ad