Skip This
५० हजार घुससहित पक्राउ परेका शुद्धोदनका प्रमुख प्रशासकीयलाई तीन महिना कैद
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १७:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

५० हजार घुससहित पक्राउ परेका शुद्धोदनका प्रमुख प्रशासकीयलाई तीन महिना कैद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १७:१३:oo

रुपन्देहीको शुद्धोदन गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। शुक्रबार विशेषले उनलाई तीन महिना कैद र ५० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको हो। 

विशेषका सदस्यत्रय खुसीप्रसाद थारू, तेजनारायण सिंह र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। यस मुद्दामा प्रमुख प्रशासकीय अधिकृत मरासिनीका साथै दुईजनालाई मतियार मानी आधा सजाय सुनाइएको विशेषका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए। 

मुद्दा दायर भएको सात महिनापछि विशेषले ठहर हुने निर्णय सुनाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मरासिनीसहित उक्त गाउँपालिकाका वडा नम्बर ७ का अध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भरलाई सेवाग्राहीसँग ५० हजार लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। 

मरासिनी तथा वडाध्यक्ष यादवले नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थपका लागि उक्त रकम सेवाग्राहीसँग माग गरेका थिए। तर, रकम लिन भने भरलाई पठाएको अख्तियारको अनुसन्धानले देखाएको थियो। जसपछि यसै वर्ष ११ असारमा मुद्दा दर्ता भएको थियो। 

यसमा मरासिनी मुख्य दोषी ठहर भएका हुन् भने यादव र भरलाई मतियारसरह सजाय भएको हो। उनीहरू दुवैलाई जनही एक महिना १५ दिन कैद र २५–२५ हजार रुपैयाँ जरिवाना हुने भएको छ। 
 

ad
ad