मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २५ बिहीबार
  • Thursday, 19 December, 2024
२o८o माघ २५ बिहीबार १३:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारी सुविधाको रकमबाट अक्षय कोष स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २५ बिहीबार १३:५४:oo

सरकारी सेवासुविधाबाट प्राप्त रकमले पोखरा महानगरपालिका- १७ का वडासदस्य शिवराम भण्डारीले जानकी मावि महतगौँडामा अक्षय कोष स्थापनाको घोषणा गरेका छन्। 

विद्यालयको ४६औँ वार्षिकोत्सव कार्यक्रममा उनले बुबा धर्मदत्त र आमा जमुना भण्डारीको स्मृतिमा रु. पाँच लाखको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका हुन्। 

निर्वाचित भएदेखि ०८१ असारसम्म २४ महिनामा प्राप्त गर्ने सेवासुविधा र बाँकी निजी रकम थप गरी स्थापना गरिएको अक्षय कोषबाट प्राप्त ब्याजले विद्यालय सञ्चालानार्थ सहयोग पुग्ने भण्डारीले बताए। 

छात्रवृत्तिको अक्षय कोष थाेरै भए विद्यालय सञ्चालनमा दिनप्रतिदिन देखिएको चुनौती समाधानका लागि केही हदसम्म भए पनि आफ्नोतर्फबाट पहल गरेको बताउँदै उनले यस विद्यालयका पूर्वविद्यार्थीबाट पनि सहयोग रहने विश्वास व्यक्त गरे।  

वार्षिकोत्सव कार्यक्रममा सहभागी अतिथि एवं अभिभावकले पनि विद्यालयका लागि स्वस्फूर्त आर्थिक सहयोग गरेका थिए। सो अवसरमा रु. ८० हजार संकलन भएको विद्यालयका प्रधानाध्यापक अर्जुन कँडेलले जानकारी दिए। उनका अनुसार सुविधासम्पन्न भवन र खेलमैदानसमेत रहेको विद्यालयमा हाल तीन सय ५० विद्यार्थी अध्ययनरत छन्।