बच्चा बस्ने कोठा सिँगार्दा उनीहरूको मनोविज्ञानलाई ख्याल गर्न जरुरी हुन्छ । उनीहरूलाई मनपर्ने सामाग्रीहरूले यस्ता कोठा सिँगार्नुपर्छ । उनीहरूलाई मनपर्ने कार्टुन प्रिन्ट भएको ‘वालपेपर’ टाँस्नु राम्रो हुन्छ ।
जनावर, रुख–बिरुवालगायतका चित्रले उनीहरूलाई आकर्षित गर्छ । रंगीचङ्गी पुतली, चरालगायतका चित्र राख्दा हुन्छ । यस्ता चित्र हेर्दा उनीहरूको मुड निकै राम्रो बन्छ ।
स्कुल जान थालिसकेका बालबालिकाको कोठामा पृथ्वीको नक्सा, तारामण्डल, ग्रह, उपग्रहलगायतका तस्बिरअंकित वालपेपर राख्न सकिन्छ । उसले उनीहरूको कल्पनाशक्ति बढाउन सहयोग गर्छ । नयाँ विशेषहरूमा सोच्न सिकाउँछ ।