१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o८:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

भ्याली पब्लिक फाइनलमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:२५:oo

भ्याली पब्लिक प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको तीनै विधामा मंगलबार फाइनलमा प्रवेश गरेको छ । भ्याली पब्लिक सिनियर पुरुष, महिला र मिक्स जुनियरमा फाइनलमा पुगेको हो । प्रतियोगिताको सिनियर पुरुषमा भ्याली पब्लिकले गेटवे एकेडेमीलाई ६३–५८ ले हरायो । फाइनलमा भ्याली पब्लिकले अक्षरिकाविरुद्ध खेल्नेछ ।

अक्षरिकाले शिक्षालय नेपाललाई ५३–२८ ले हरायो । सिनियर महिलामा भ्याली पब्लिकले बौद्ध इन्टरनेसनल स्कुल (बिआइएस)लाई ३६–१० ले पाखा लगायो । भ्याली पब्लिककी लोरिशा गौचनले २४ स्कोर गरिन् । उपाधिका लागि भ्याली पब्लिकले नेमोनिकविरुद्ध खेल्नेछ । 

अर्को सेमिफाइनलमा नेमोनिकले शिक्षालय नेपालमाथि ४४–२ को फराकिलो अन्तरले पाखा लगायो । जुनियर मिक्समा भ्याली पब्लिकले आयोजक अक्षरामाथि ४३–१२ को जित निकाल्यो । उपाधि भिडन्तमा भ्याली पब्लिकले आलोक विद्याश्रमको सामना गर्नेछ । आलोक विद्याश्रमले विद्या विकासको यात्रा १९–१३ ले पूर्णविराम लगायो । प्रतियोगिताको तीनै विधाको फाइनल बिहीबार हुनेछ । 

ad
ad