१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २३ मंगलबार
  • Wednesday, 02 July, 2025
२o८o माघ २३ मंगलबार १८:२४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सुनछहरीको सांस्कृतिक महोत्सवमा देखिएका ‘रैथाने नाच’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २३ मंगलबार १८:२४:oo

रोल्पाको सुनछहरी गाउँपालिकामा चारदिनसम्म चल्ने गरी बृहत् सुनछहरी सांस्कृतिक महोत्सव तथा स्रष्टा सम्मान सोमबारबाट सुरु भएको छ।

जिल्लाकै विकट मानिने गाउँपालिकाको विभिन्न वडाबाट रैथाने कला, संस्कृति बोकेर ‘नर्तक–नर्तकी’ मेला भर्न पोबाङ पुगेका छन्। पूर्वऊर्जामन्त्री तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुनद्वारा उद्घाटित मेलामा रोल्पालाई नै चिनाउने थुप्रै नाचहरु दैनिक प्रस्तुत भइरहेका छन्।

स्थानीय लोपोन्मुख संस्कृतिको जगेर्ना गर्ने र रैथाने ‘सांस्कृतिक चेत’लाई नयाँ पुस्तासँग जोड्ने गरी यो मेलाको आयोजना गरिएको गाउँपालिका अध्यक्ष धनबहादुर पुन बताउँछन्। मौलिक कला, संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकासका लागि आयोजित महोत्सवमा पैस्यारू, मयुर, सारंगे, जोगी नाचसहित दर्जनौँ नाचहरू प्रस्तुत हुनेछन्।

नाचमा सहभागीलाई गाउँपालिकाले पुरस्कृत गर्ने योजनासमेत बनाएको प्रमुख प्रशासकीय अधिकृत लालसिंह खड्काले जानकारी दिए। सोही अवसरमा गाउँपालिकाभरका विभिन्न क्षेत्रका १९ जनालाई सम्मान गरिएको थियो।