१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका सिन्धुपाल्चोक
२o८१ बैशाख २० बिहीबार १o:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

चीनले दियो तातोपानी भन्सारलाई अत्याधुनिक स्क्यानर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:o७:oo

चीन सरकारले उत्तरी नाका तातोपानी भन्सार कार्यालयका लागि अत्याधुनिक स्क्यानर मेसिन हस्तान्तरण गरेको छ । नेपालस्थित चिनियाँ राजदूतावासका काउन्सिलर सियू र स्वशासित क्षेत्र तिब्बतको न्यालम जिल्लास्थित अध्यागमनका अधिकारीले भन्सार विभागका उपमहानिर्देशक रमेश अर्याललाई सोमबार तातोपानी भन्सार हाताभित्रै सामग्री हस्तान्तरण गरे ।

चीनले ६२ करोड नेपाली रुपैयाँबराबरका दुईवटा भेहिकल र लगेज स्क्यानरसँगै सामग्री दिएको हो । चीनले फर्निचर, कम्प्युटर, टेलिभिजन, बेड र किचनका सामग्री ०७६ मा नाका खुल्नासाथ चीनले दिएको थियो ।

‘अहिले दुईवटा आधुनिक स्क्यानर मेसिन हस्तान्तरण गरिएको हो,’ तातोपानी भन्सारका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले भने । साना–ठूला सबै गाडीको स्क्यान गर्न सक्ने भेहिकल स्क्यानर ट्रकजस्तै गुड्ने खालको छ ।

चिनियाँ नयाँ वर्ष स्प्रिङ फेस्टिभल नजिकिँदै गरेकाले स्क्यानर मेसिन चलाउने प्राविधिक प्रशिक्षण फेब्रुअरी १५ पछि हुने काफ्लेले जानकारी दिए । ‘अत्याधुनिक स्क्यानर मेसिनले मानिसको लगेज र गाडीभित्र रहेका सामानको चेकजाँच गर्न सक्छ ।

स्क्यानर मेसिनले भन्सारमा हुने चोरी–तस्करी र अवैध सामग्री नियन्त्रणमा सहयोग मिल्ने अपेक्षा गरिएको छ,’ तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले भने ।

ad
ad