Skip This
मानविकी संकायको कक्षा अनलाइनबाट चलाउन नपाइने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २३ मंगलबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o माघ २३ मंगलबार o९:४५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मानविकी संकायको कक्षा अनलाइनबाट चलाउन नपाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ २३ मंगलबार o९:४५:oo

त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकाय, डिन कार्यालयले अनलाइन कक्षा रोक्न निर्देशन दिएको छ । पूर्ण भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्नुपर्ने औँल्याउँदै डिन कार्यालयले सबै क्याम्पसलाई सोमबार निर्देशन जारी गरेको हो ।

कोभिड– १९ का वेला अधिकांश पठनपाठन अनलाइन प्रणालीबाट भएको थियो । तर, अझै पनि कतिपय क्याम्पसले त्यही तरिकाले पठनपाठन गर्दै आएपछि डिन कार्यालयले भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

कार्यालयले सोमबार सूचना जारी गर्दै भौतिक रूपमा कक्षा सञ्चालन नगर्ने क्याम्पसलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ । अनलाइन प्रणालीबाट कक्षा सञ्चालन गर्दा प्रभावकारी नहुने भन्दै डिन कार्यालयले विद्यार्थीलाई भौतिक रूपमै उपस्थिति हुन पनि आग्रह गरेको छ ।

हाल स्नातकोत्तर, अधिनास्तक (पिजिडी), स्नातक तहका कतिपय कक्षा अनलाइन प्रणालीमा हुने गरेका छन् । तर, यी कक्षा भौतिक उपस्थितिमै सञ्चालन हुनुपर्ने डिन कार्यालयको ठहर छ ।