१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार ११:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्रभु महालक्ष्मी लाइफको मिड टर्म बिजनेस समिट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:२६:oo

 प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘मिड टर्म बिजनेस समिट २०८०’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले शाखा तथा उपशाखा प्रमुखहरू, क्षेत्रीय तथा उपक्षेत्रीय प्रमुखहरू, विभागीय प्रमुखहरू, उच्च व्यवस्थापकहरूको उपस्थितिमा चितवनमा तीनदिने बिजनेस समिट कार्यक्रम गरेको हो । 

समिटको उद्घाटन गर्दै कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले यस किसिमका बिजनेस समिट कार्यक्रमले कम्पनीमा रहेका कर्मचारीको कार्यक्षमता अभिवृद्धि, व्यक्तित्व एवं व्यावसायिक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । निमित्त प्रमुख कार्यकारी अधिकृत प्रसाईंले दुईवटा कम्पनीको मर्जरपश्चात् बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आगामी दिनमा कर्मचारी, बिमित, तथा सरोकारवालामा थप ऊर्जा, जोस, उत्साह प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले अन्डरराइटिङबारे तालिम दिएका थिए । अर्का नायब महाप्रबन्धक सोनबहादुर मगरले जीवन बिमा व्यवसाय र व्यवसाय वृद्धिका सूत्रहरूबारे जानकारी दिएका थिए । नेपाल बिमा प्राधिकरणबाट प्राप्त निर्देशिकाअनुसार कम्पनीले भर्खरै ल्याएको जीवन किरण सावधिक बिमा योजना (बालबालिका)बारे कम्पनीका प्रोडक्ट एन्ड रिसर्च डेभलपमेन्ट विभाग प्रमुख प्रयास श्रेष्ठले प्रस्तुति दिएका थिए । 

ad
ad