१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २२ सोमबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o माघ २२ सोमबार ११:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

युनिक लघुवित्तका शाखा व्यवस्थापकलाई क्षमता विकास तालिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ २२ सोमबार ११:o७:oo

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा व्यवस्थापकलाई एकदिने क्षमता विकास तालिम दिएको छ । संस्थाले कोहलपुरमा आयोजना गरेको तालिममा समसामयिक विषयवस्तु, एनपिएल र जोखिम कर्जा असुलीका रणनीतिक उपाय तथा विधि, वित्तीय संस्थाको नीति–नियम, सर्कुलरहरूको कार्यान्वयनको अवस्था, एआरएम सिस्टमसम्बन्धी, नीति–नियम अनुपालनाका क्रममा देखिएका कैफियतबारे प्रशिक्षण दिएको हो । 

प्रशिक्षण वित्तीय संस्थाका कार्यकारी निर्देशकलगायत विभागीय प्रमुखहरूले दिएको जनाइएको छ । प्रशिक्षणमा कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका ४१ वटा शाखाका शाखाप्रमुख सहभागी भएको उल्लेख छ । कार्यक्रममा संस्थाका अध्यक्ष शिवबहादुर चौधरीको प्रमुख आतिथ्य तथा वित्तीय संस्थाका सञ्चालक सन्तराम धरकटुवा थारू, पुरनप्रसाद चौधरी, जागेश्वरप्रसाद चौधरी, बालिका चौधरी, जगतराम चौधरी थारूको विशिष्ट आतिथ्यमा सम्पन्न भएको जनाइएको छ ।

अर्धवार्षिक समीक्षा सम्पन्न
कार्यक्रमका क्रममा लघुवित्तले संस्थाको आव ०८०/८१ को अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रम पनि सम्पन्न गरेको जनाएको छ । समीक्षा कार्यक्रममा शाखा कार्यालयका शाखा प्रमुखहरूले पालैपालो तोकिएको ढाँचामा अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गरेको उल्लेख छ । प्रगति विवरणमाथि वित्तीय संस्थाका कार्यकारी निर्देशक, सेक्सन प्रमुखहरूले टिप्पणी गर्नुका साथै सुझाव दिएका थिए । प्रस्तुतीकरणपछि सहभागीबाट विभिन्न समसामयिक विषयमा तीनवटा समूह बनाई छलफल गराइएको थियो ।  

ad
ad
ad
ad