१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o८:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

वर्ष पुरुष र महिला खेलाडीको मनोनयन सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:o८:oo

२०औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डअन्तर्गत वर्षको पुरुष र महिला खेलाडीको मनोनयन सार्वजनिक भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले यसपटक वर्ष पुरुष र महिला खेलाडीका मनोनयन संख्या बढाएको छ । यसपटक चार विधातर्फ पहिलो चरणमा उत्कृष्ट आठजनाको मनोनयन सार्वजनिक गरिएको छ । यसपटकदेखि नयाँ प्रयोग गरिएको हो । यसअघि अवार्डका लागि मञ्चले विगतमा चार विधाका उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गर्दै आएको थियो । वर्ष महिलाको मनोनयनमा एथलेटिक्स खेलाडीको दबदबा छ ।

यसमा तीन एथलेटिक्स महिला खेलाडी परेका छन् । फुटबल, बास्केटबल, पौडी, जुडो र ट्रायथलनबाट एक–एक खेलाडी मनोनयनमा परेका छन् । वर्षको महिलामा अमिशा कार्की (फुटबल), अनुशा मल्ल (बास्केटबल), डुवाना लामा (पौडी), जयरानी थारू (एथलेटिक्स), पुनम श्रेष्ठ (जुडो), पुष्पा भण्डारी (एथलेटिक्स), राजपुरा पछाई (एथलेटिक्स) र श्रेवी महर्जन (ट्रायथलन) रहेका छन् । 

यसैगरी, पुरुषतर्फ क्रिकेट र एथलेटिक्समा समान दुई खेलाडी परेका छन् । भलिबल, पौडी, गल्फ र बुद्धिचालबाट समान एक खेलाडी मनोनयनमा परे । आसिफ शेख (क्रिकेट), दीपक अधिकारी (एथलेटिक्स), मुकेश पाल (एथलेटिक्स), मानबहादुर श्रेष्ठ (भलिबल), नासिर याहा हुसेन (पौडी), रोहित पौडेल (क्रिकेट), रूपेश जैसवाल (बुद्धिचाल) र सुवास तामाङ (गल्फ) हुन् । 

वर्षभरि उत्कृष्ट प्रदर्शन गर्ने बढीभन्दा खेलाडीलाई स्पोर्टस् अवार्डमा समेट्ने उद्देश्यले यो प्रयोग गरिएको हो । उत्कृष्ट आठको मनोनयन गरिएको चार विधामा वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षक रहेका छन् । मनोनयनमा परेका आठजनाबाट उत्कृष्ट तीनको छनोट हुनेछ । यसअघि अवार्डका लागि पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । 

पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, कराँतेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन् । 

ad
ad