सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको विनायक अस्पताल तथा प्रसूतिगृह प्रालिबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले विनायक अस्पताल तथा प्रसूतिगृहका सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । बैंकले देशभर एक सय ९० वटा शाखा, एक सय ५२ वटा एटिएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट सेवा प्रदान गर्दै आएको छ ।