१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार ११:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लहानबाट लागुऔषध र नगदसहित तीन बाबुछोरा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:१९:oo

सिराहाको लहानबाट प्रहरीले प्रतिबन्धित लागुऔषध र नगद रकमसहित तीन बाबुछोरालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार शुक्रबार अपराह्न लहान नगरपालिका- ८ रघुनाथपुरस्थित डेराबाट प्रहरीले ५५ वर्षीय राजकुमार ठाकुर र उनका छोराहरू २९ वर्षीय प्रमोदकुमार ठाकुर तथा २५ वर्षीय राकेशकुमार ठाकुरलाई लागुऔषध र नगदसहित पक्राउ गरिएको छ।

डेराबाट लागुऔषधको कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा लागुऔषध ब्युरो जनकपुर शाखा कार्यालय गोलबजार र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त टोलीले तीनजनालाई पक्राउ गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए।

लहान नगरपालिका- ७ स्थायी घर भई लहान- ८ मा डेरा गरी बस्दै आएका तीन बाबुछोराले डेरामा लुकाएर राखेको एक लाख ३९ हजार रुपैयाँ नगद र एक सय एमएलको कोडबिल १५ बोतल, एक सय एमएलको विक्सडिन ६५ बोतल, ६/६ एम्पुल डाइजिपाम र नुरफ्रेन तथा सात एम्पुल फेनारगन बरामद भएको उनले बताए। नगद र लागुऔषधसहित पक्राउ गरिएका तीनजनालाई लहान प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

ad
ad