१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
अरुण चौधरी
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o५:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

बाँसबारी जग्गा प्रकरण : पब्लिक कम्पनीको समझदारी,  निजी कम्पनी बनाएर हिनामिना 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o५:५९:oo

बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हिनामिना गर्दा चौधरी समूहले पब्लिक कम्पनी बनाउने समझदारी गरी निजी कम्पनी बनाएर ठगी गरेको प्रहरीले जनाएको छ । सरकारी कम्पनीलाई च्याम्पियन फुटवेयर कम्पनीमा सेयर हाल्न लगाउँदा २४ प्रतिशत सर्वसाधारणलाई दिने भनेर समझदारी गरेकोमा त्यो सेयरको विवरण नै भेटिएको छैन । 

जुत्ता उत्पादनमा सरकारी कम्पनीलाई सहयोग गर्न भन्दै च्याम्पियन फुटवेयरले प्रस्ताव गरी १० रोपनी जग्गा लिएको थियो । सो कम्पनीमा चौधरी परिवारको ५१ प्रतिशत, बाँसबारी कारखानाको २५ र बाँकी २४ प्रतिशत सर्वसाधारणलाई दिने भनेर पब्लिक कम्पनी बनाउने समझदारी भएको थियो । 

तर, जग्गा लिएपछि सो कम्पनीका सञ्चालकहरूले पब्लिक कम्पनीलाई किर्ते गरी निजी कम्पनी बनाएको सिआइबीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिनेश आचार्यले बताए । सिआइबीले चौधरी समूहका व्यवसायी अरुण चौधरी, तत्कालीन छाला तथा जुत्ता कारखानाका अध्यक्ष अजितनारायणसिंह थापा र हाल व्यवसायी चौधरीका साझेदार सञ्जय ठाकुरलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सो जग्गामा हाल चौधरी समूहले चाँदवाग विद्यालय सञ्चालन गर्दै आएको छ । 

सरकारी कम्पनीलाई ठगी गरी त्यहाँको १० रोपनी जग्गा हत्याएको आरोपमा प्रहरीले अनुसन्धान गरेको हो । तीन महिनाभन्दा लामो अनुसन्धानपछि आरोपीलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । 

सुरुमा सस्तो मूल्यमा ६ रोपनी जग्गा सो कम्पनीले लिएको र पछि सेयरबापत थप चार रोपनी लिएको थियो । तर, तीन वर्षमै च्याम्पियन फुटवेयर बन्द भएको थियो । ०५४ मा चौधरीले नै बाँसबारी कारखानाको २५ प्रतिशत सेयर पनि हात पारी कम्पनीको नाम परिवर्तन गरेका थिए । जसमा जालसाजी भएको प्रहरी दाबी छ । सिआइबीले शुक्रबार पत्रकार सम्मेलन गरी सो जग्गा प्रकरणबारे सार्वजनिक गरेको हो । 

सरकारी जग्गा बेचबिखन गर्ने कुनै अधिकार नभए पनि तत्कालीन अध्यक्ष थापाले चौधरी समूहको प्रभावमा परी कानुनविपरीतको निर्णय गरेको प्रहरी दाबी छ । प्रहरीले किर्ते र ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । देशका प्रभावशाली व्यापारी पक्राउ परेपछि सकेसम्म मुद्दा नचलाउने र चलाएपछि केही दिनभित्रै अनुसन्धान टुंग्याउन विभिन्न निकायबाट सिआइबीमाथि दबाब परेको छ ।

ad
ad