१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १३:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

नैरोबीमा ग्यास बोकेको ट्रकमा विस्फोट, भीषण आगलागीमा दुई सयभन्दा बढी घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:२३:oo

केन्याको राजधानी नैरोबीमा ग्यास बोकेको ट्रकमा विस्फोट हुँदा कम्तीमा दुईजनाको मृत्यु भएको छ । दुई सयभन्दा बढी घाइते भएका छन् । 

सरकारका प्रवक्ता आइज्याक मैगुआ मवौराले सामाजिक सञ्जाल एक्स (ट्विटर)मार्फत जनाएअनुसार कम्तीमा दुईजनाको ज्यान गएको छ । ‘विस्फोटपछि आगोको लप्का व्यापक रूपमा फैलिएको छ । कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका छन्,’ मवौराले लेखेका छन् ।

विस्फोटपछि निस्किएको आगोको ठूलो लप्काले सहरको बीचमा रहेका सवारीसाधन र आवासीय भवनहरूलाई भेटेको अधिकारीहरूले जनाएका छन् । आगोले धेरै साना र मझौला आकारका व्यवसायसहित धेरै सवारीसाधन र व्यवसायका लागि राखिएका सामानमा थप क्षति पुर्‍याएको छ ।

घाइतेहरूको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको सरकारी प्रवक्ताले जनाएका छन् । (रासस–एएफपी)

ad
ad