१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १९ शुक्रबार
  • Saturday, 29 June, 2024
प्रेम गौतम काठमाडाैं
२o८o माघ १९ शुक्रबार o६:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सुस्तायो चारदलीय समाजवादी मोर्चा

Read Time : > 1 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ १९ शुक्रबार o६:५९:oo

चारदलीय समाजवादी मोर्चा सुस्ताएको छ । गत ११ पुसमा प्रतिगामी चलखेल बढेको ठहरसहित सशक्त रूपमा प्रस्तुत हुने निष्कर्ष निकालेको मोर्चा त्यसयता गुमनाम छ । गत असारमा गठित मोर्चाको नेतृत्व चार–चार महिनामा आलोपालो गर्ने सहमति भए पनि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हालसम्म संयोजक छन् । गत ११ पुसमा बसेको मोर्चाको बैठकले संयोजकमा नेपाललाई नै निरन्तरता दिएको थियो । मोर्चामा माओवादी, एकीकृत समाजवादी, जसपा र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा छन् ।

देशको राजनीति कुन अवस्थामा गइरहेको छ ? देशको स्वाधीनता, स्वतन्त्रतामाथि कुनै आघात पुग्ने कुनै काम भइरहेको छ कि छैन ? देशका प्रतिगामी शक्तिहरूले के गरिरहेका छन् ? जस्ता विषयमा गम्भीर छलफल गरेर निष्कर्षमा पुग्ने मोर्चामा समझदारी भएको थियो । मोर्चाले नेपाली विशेषताको समाजवादका विषयमा सेमिनारसमेत गर्ने निर्णय गरेको थियो । ‘नेपाली विशेषताको समाजवाद के हुन सक्छ ? त्यसबारे गम्भीर चिन्तन–मनन गर्नुपर्नेछ । अन्तर्राष्ट्रिय अनुभव पनि हेरौँ । सबैका विचार पनि सुनौँ । किन जनताले चाहेजस्तो सरकारले परिणाम दिन सकेन, त्यसको कारण खोजौँ,’ नेपालले भनेका थिए ।

सहिद दिवसमा कार्यक्रम गर्ने निर्णय पनि कार्यान्वयन भएन । पुसभित्र ७७ वटै जिल्लामा समन्वय समिति गठन गरिसक्ने निर्णय पनि पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन । माघमा बृहत् अन्तक्र्रिया कार्यक्रम गर्ने निर्णयसमेत प्रभावित हुने देखिएको नेताहरूले बताएका छन् । माघभित्र सम्भव भएसम्मका जिल्लामा सन्देश सभा गर्ने निर्णय पनि मोर्चाको थियो ।
शीर्ष नेताहरूको व्यस्तताका कारण मोर्चा सुस्ताएजस्तो देखिएको मोर्चाका सचिवालय सदस्य एवं माओवादी महासचिव देव गुरुङले बताए । ‘मोर्चालाई गतिशील बनाउनुपर्छ ।

नेताहरूको व्यस्तताका कारण कार्यक्रम बनाउन सकिएन । पार्टीहरूको कार्यक्रमले गर्दा पनि मोर्चाको कार्यक्रम हुन सकेन । मोर्चालाई निष्क्रिय बनाउनुपर्छ भनेर कार्यक्रम नभएको होइन, फेरि क्रियाशील हुन्छ,’ उनले भने । तराईका केही जिल्लाबाहेक प्रायः जिल्लामा समन्वय समिति बनिसकेको गुरुङले बताए । शीर्ष नेताहरूको समय मिलेपछि मोर्चाको बैठक बसेर कार्यक्रम तय हुने उनको भनाइ छ ।

मोर्चाका संयोजक नेपाल पार्टीको सचिवालय, केन्द्रीय कमिटी र केन्द्रीय परिषद् बैठकमा व्यस्त रहे । मोर्चाका सदस्य माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विदेश भ्रमण र सरकारको काममा व्यस्त रहे भने अर्का सदस्य जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द पनि पार्टी काममा व्यस्त रहे ।

ad
ad
ad
ad