१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १९:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चौधरी प्रतिष्ठित व्यवसायी हुन्, बोलाएको भए आफैँ पुगेर अनुसन्धानमा सहयोग गर्थे : उद्योग परिसंघ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १९:o४:oo

व्यवसायी अरुण चौधरीलाई किर्ते मुद्दामा पक्राउ गरेकोमा नेपाल उद्योग परिसंघले आकस्मिक पत्रकार सम्मेलन गर्दै आपत्ति जनाएको छ। प्रतिष्ठित व्यवसायीलाई विनासूचना पक्राउ गरिएको भन्दै परिसंघले असन्तुष्टि जनाएको हो।

बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले कसुर प्रमाणित नभई पक्राउ गरेको भन्दै पक्राउ प्रक्रियामा आफूहरूको विमति रहेको बताए।

‘हाम्रो भनाइ पक्राउ गर्नै नपाउने भन्ने होइन, प्रक्रियाको इस्यु हो। कमसेकम आफ्नो कुरा राख्ने मौका दिनुपर्छ। अनुसन्धान गर्ने, सोधपुछ गर्ने हो भने बोलाइन्छ र सोधपुछ गरिन्छ। त्यसपछि प्रमाणित भए पक्राउ गर्दा हाम्रो कुनै विमति छैन। तर, कुनै सूचना नदिई सीधा अफिस, घरमा बसेको व्यक्तिलाई पक्राउ गर्नुमा हाम्रो विमति छ,’ अध्यक्ष अग्रवालले भने, ‘उहाँ एउटा प्रतिष्ठित व्यवसायी हो, बोलाएको भए उहाँ आफैँ पुगेर अनुसन्धानमा सहयोग गर्नुहुन्थ्यो।’

बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा चौधरीलाई प्रहरीले पक्राउ गरेपछि परिसंघले आकस्मिक पत्रकार सम्मेलन गरेको हो। किर्ते कागजपत्र पेस गरी १० रोपनी जग्गा हडपेको सिआइबीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ।

ad
ad