१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख १८ मंगलबार १o:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

तल्लो तहका कर्मचारी निजी काममा प्रयोग गरेको भन्दै जिसस प्रमुख बोहराविरुद्ध अख्तियारमा उजुरी

मैले कुनैपनि कर्मचारीलाई निजी काममा प्रयोग गरेको छैन : बोहरा

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:२२:oo

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले कार्यालयमा रहेका तल्लो तहका  कर्मचारीलाई निजी काममा प्रयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी परेको छ । जिसस प्रमुख बोहराले कार्यालयका निम्नस्तरका कर्मचारी (कार्यालय सहयोगी र चालक)हरूलाई निजी काममा प्रयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा उजुरी परेको हो । 

जिसस प्रमुख बोहराले कार्यालय सहयोगी र चालकलाई आफ्नो निजी घरायसी काम र व्यावसायिक काममा दुरुपयोग गर्दै आएको उजुरी बाहिरिएको छ । जिसस प्रमुख बोहराले आफ्नो निजी घर र पसलमा काममा लगाउने गरेको आरोप छ । उजुरीको पत्रमा चालक देव महतालाई निजी कामका लागि भारत पठाउने गरेको, सरकारी सवारीसाधनको नम्बर प्लेटसमेत परिवर्तन गर्ने गरेको छ । 

चालक महतालाई जिसस प्रमुखको निजी व्यवसायमा सरकारी सेवाका कर्मचारीहरूलाई निजी व्यक्तिगत काममा लगाउने गरेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयले ४ पुस ०८० मा प्रशासन कार्यालय कञ्चनपुरलाई पत्राचार गर्दै आवश्यक कारबाही गर्न निर्देशन दिएको छ । 

अख्तियारको पत्रलाई प्रशासनले जिल्ला समन्वय समिति कञ्चनपुरलाई प्रतिक्रिया पठाउनसमेत निर्देशन दिएको छ । निम्नस्तरका कर्मचारीलाई काममा लगाएको भन्दै कर्मचारी संघ–संगठनहरूले समेत असन्तुष्टि जनाएका छन् । यसरी कुनै पनि उच्चपदस्थदेखि जिम्मेवार व्यक्तिबाट निजी काममा लागि प्रयोग गर्न नहुने तर्क राखेका छन् । नेपाल निजामती कर्मचारी संगठनको आधिकारिक ट्रेड  युनियनका अध्यक्ष खगेन्द्र पण्डितले सरकारी कर्मचारीलाई कुनै पनि निजी काममा प्रयोग गर्न नहुने बताए । 

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले आफूले कुनै पनि निम्नस्तरका कर्मचारीलाई निजी काममा नलगाएको स्पष्ट पारेका छन् । जिसस प्रमुख बोहराले आफूले निजी कामका लागि घर र पसलमा कर्मचारी लगाउने अख्तियारमा झुटा आरोपसहित मुद्दा दायर गरेको बताए । ‘मैले सरकारी कर्मचारीलाई निजी काममा लगाएको विषय पूरै झुटा हो,’ उनले भने, ‘यसरी सरकारी कर्मचारी निजी काममा लगाएको आरोपसहित अख्तियारमा दायर गरेको मुद्दा हास्यास्पद छ ।’

आफूहरूको व्यापार–व्यवसाय बाजेकै पालादेखि भएकाले कसैलाई रिस रहेको उनको भनाइ छ । आफ्नाविरुद्धमा राजनीतिक पूर्वाग्रही राखेर आक्राेश पोखिएको बताए । जिसस प्रमुख बोहराले आफूले कर्मचारी निजी काममा लगाएको विषयमा सम्बन्धित कर्मचारीलाई सोध्नसमेत आग्रह गरेका छन् । जिसस प्रमुख बोहराले अख्तियारबाट प्रशासनले सोधेको प्रतिक्रिया कार्यालयले दिइसकेको बताए । 

ad
ad