१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
फाइल तस्बिर
२o८१ बैशाख १९ बुधबार १३:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु, कैयौँ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:३४:oo

अमेरिकी सेनालाई लक्षित गरी शनिबार राति भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु भएको छ। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले सिरियाको सीमानजिक उत्तरपूर्वी जोर्डनमा तैनाथ अमेरिकी सेनालाई लक्षित गरी शनिबार राति भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएको जानकारी गराएका छन्। 

राष्ट्रपति बाइडेनले एक विज्ञप्ति जारी गर्दै आफ्नो प्रशासनले आक्रमणबारे अझै पनि सत्यतथ्य संकलन गरिरहेको बताएका छन्। उनले सिरिया र इराकमा सक्रिय इरानसमर्थित लडाकु समूहलाई यस आक्रमणका लागि जिम्मेवार भएको दाबी गरेका छन्। 

अमेरिकी सेन्ट्रल कमान्डले एक छुट्टै विज्ञप्ति जारी गर्दै एकतर्फी ड्रोनबाट गरिएको आक्रमणमा घाइते सैनिकको संख्या २५ पुगेको पुष्टि गरेको छ। 

बाइडेनले भनेका छन्– संयुक्त राज्य अमेरिकाले सबै जिम्मेवार व्यक्तिहरूलाई हाम्रो कानुनअनुसार सजाय हुनेछ। सन् २०२३ अक्टोबर ७ मा इजरायल र हमासबीच युद्ध सुरु भएयता सिरिया र इराकमा रहेका अमेरिकी सेनामाथि बारम्बार आक्रमण हुँदै आएको छ। 

यस क्षेत्रमा इरासमर्थित लडाकुहरूविरुद्ध अमेरिकी प्रतिशोधात्मक आक्रमणहरू अहिलेसम्म उनीहरूलाई रोक्न असफल भएका छन् जसले गर्दा पहिलोपटक आक्रमणमा अमेरिकी सैनिकहरूको मृत्यु भएको छ। यसैबीच, इरानले जोर्डनमा भएको ड्रोन आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको बताएको छ। 

ad
ad