१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १३:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कृषि समितिमा मन्त्री र सांसदबीच भनाभन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:१६:oo

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा मन्त्री र सांसदबीच भनाभन भएको छ।

खाद्य स्वच्छतासम्बन्धी विधेयकमा छलफल गर्न समितिले बिहान ११ बजे संशोधनकर्ता सांसदलाई बोलाएको थियो। छलफलमा उद्योगमन्त्री रमेश रिजाल पनि सहभागी थिए। 

संशोधनकर्ताका तर्फबाट विद्या भट्टराईको पालो आउँदा मन्त्री रिजालले एमालेका तर्फबाट एकजना बोले हुने धारणा राखे। विद्या भट्टराईलाई पालो दिँदा गोकुल बाँस्कोटाले पालो मिचिएको भन्दै गुनासो गरेपछि मन्त्री रिजालले एउटै पार्टी हो, जो बोले पनि भइहाल्यो भनेका थिए।

त्यसपछि बाँस्कोटाले समितिमा सभापतिको रुलिङ चल्छ कि मन्त्रीको ? तपाईंहरू गठबन्धन हुनुहुन्छ, एकजना बोले भइहाल्यो नि त, मन्त्री मात्रै बोले भइहाल्यो नि, किन संशोधन राख्नुपर्‍याे त भनेर जंगिएका थिए।

त्यसपछि समिति सभापति डा. आरजु राणा देउवाले स्थितिलाई हस्तक्षेप गरेर नियन्त्रणमा लिएकी थिइन्। उनले विद्या भट्टराईलाई समय दिएपछि छलफल अगाडि बढ्यो।

भट्टराईले संशोधन हालेअनुसार नै पालो दिनुपर्नेमा अभ्यास मिचिएकोतर्फ सभापतिको ध्यानाकर्षण गराइन्। त्यसपछि छलफल अघि बढेको थियो। 

खाद्य स्वच्छतासम्बन्धी विधेयकमा उपभोक्ताको अधिकार, खाद्य गुणस्तर, त्यसको मेकानिजमलगायत विषय समेटिएको छ।

ad
ad