मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १५ सोमबार
  • Wednesday, 18 December, 2024
मोहन विष्ट कञ्चनपुर
२o८o माघ १५ सोमबार o७:४२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फाप्ला क्रिकेट मैदान राष्ट्रिय गौरव आयोजनामा राख्ने तयारी : मन्त्री साउद

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o माघ १५ सोमबार o७:४२:oo

परराष्ट्रमन्त्री एनपी साउदले सुदूरपश्चिमको एक मात्र अन्तर्राष्ट्रिय स्तरको फाप्ला क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने तयारी भइरहेको बताएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा आइतबारदेखि सुरु तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै परराष्ट्रमन्त्री साउदले फाप्ला मैदानलाई छिट्टै राष्ट्रिय गौरवमा राख्ने तयारी भएको जानकारी दिए । ‘सुदूरपश्चिमको खेलकुद विकास एवं क्रिकेट क्षेत्रको विकासका लागि संघीय सरकारले फाप्ला खेल मैदानलाई राष्ट्रिय गौरवको आयोजना बनाउने तयारी भइरहेको छ,’ उनले भने, ‘यसलाई राष्ट्रिय गौरवकै आयोजनाका लागि प्रक्रिया अघि बढिसकेको छ ।’ 

नेपालको क्रिकेट विकासका लागि भारतीय विदेशमन्त्री एस जयशंकरसँग समेत भारतका रहेका क्रिकेट मैदानमा नेपाली खेलाडीलाई अभ्यास गराउने विषयमा छलफल भएको साउदले बताए । सुदूरपश्चिम प्रदेश सरकारका समाजिक विकासमन्त्री झपटबहादुर साउदले कञ्चनपुरको बहुउद्देश्यीय कभर्ड हल निर्माण कार्य अघि बढेको बताए । 

विभागीय टोलीको सहज जित 
सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा सुरु भएको भलिबल प्रतियोगिताको पहिलो दिन तीनवटै विभागीय टोलीले जित निकालेका छन् । त्रिभुवन आर्मी, नेपाल प्रहरी र एपिएफले आफ्ना प्रतिद्वन्द्वीलाई सहजै हराए ।

आर्मीले बागमतीलाई ३–० को सहज सेटमा हरायो । प्रहरीले लुम्बिनीमाथि ३–० को जित निकाल्यो । एपिएफले मधेशलाई ३–० ले हरायो । कर्णाली र आयोजक सुदूरपश्चिमबीचको खेल १–१ को सेटमा स्थगित भएको छ । प्रतियोगितामा सातै प्रदेशसँग तीन विभागीय टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख रुपैयाँ पाउनेछन् ।