१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o६:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पुलिसको जितमा मानबहादुर नायक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:२४:oo

विभागीय डर्बीमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २–० ले हराउँदै नेपाल पुलिस क्लबले आहा रारा पोखरा गोल्डकपमा सुखद सुरुवात गरेको छ । शुक्रबार रक्षक मानबहादुर परियार नायक बनेपछि ६ पटकको च्याम्पियन पुलिसले अन्तिम आठ सुरक्षित गरेको हो ।

२३औँ संस्करणको प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । जितसँगै पुलिसले सेमिफाइनल प्रवेशका लागि १६ माघमा चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार थ्री स्टारले भुटानको पारो एफसीको सामना गर्नेछ । 

पुलिस र एपिएफबीच दोस्रोपटक भेट भएको हो । ०६४ सालमा भएको फाइनलमा पुलिसले एपिएफलाई २–० गोलले नै पराजित गर्दै उपाधि जितेको थियो । एपिएफ १६ वर्षअघि भएको हारको बदला लिनबाट समेत चुकेको छ । हालसम्म पुलिसले ६ र एपिएफले एकपटक प्रतियोगिताको उपाधि उचालेका छन् । 

मानबहादुरले नै दुवै गोल गरेका हुन् । खेलको १९औँ मिनेटमा उनले पहिलो गोल गरे । खेलको ७१औँ मिनेटमा मानबहादुरले अग्रता दोब्बर बनाए । बक्सभित्र पाएको बललाई उनले हेड गोल गर्दै बललाई जाली चुमाएका हुन् । पुलिसका प्रशिक्षक चेतन घिमिरेले खेलाडीको मिहिनेतले जित्न सफल भएको बताए । 

 

 

ad
ad