१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १२:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

तेस्रो हप्तामा ‘ढोरपाटन’, निरन्तर प्रदर्शनको घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:५८:oo

राजन कठेत र सुनिर पाण्डेको निर्माण तथा निर्देशनमा बनेको वृत्तचित्र ढोरपाटन शुक्रबारबाट तेस्रो सातामा प्रवेश गरेको छ।

दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको यो वृत्तचित्रले दर्शकको उल्लेखनीय उपस्थितिसहित तेस्रो सातामा प्रवेश गरेको हो। वृत्तचित्रको व्यावसायिक प्रदर्शनीलाई पुनः निरन्तरता दिने घोषणा गरेको निर्देशक कठेतले बताए।

‘ढोरपाटन हलमा लागेको १४ दिनमा यो विभिन्न दर्शकमाझ लोकप्रिय हुन पुगेको छ। खासगरी, नेपाली चलचित्रमा केही बेग्लै स्वाद खोज्ने पारखीहरू नै यसलाई पछ्याउँदै हलसम्म आइपुगेका छन्,’ उनले भने, ‘सिनेमाप्रेमीहरूको आसलाग्दो उपस्थितिका कारण ढोरपाटनका निर्माता, वितरक र प्रदर्शकहरूले यसको नियमित प्रदर्शनलाई निरन्तरता दिने निर्णय गर्नुभएको छ।’

दर्शकको प्रतिक्रियाबाट उत्साहित भएर यसलाई हलमा निरन्तरता दिने निर्णय गरेको बताउँदै उनले थपे, ‘सुरुमा  त हामीलाई यस वृत्तचित्रको दर्शक को हुन सक्लान् भन्ने प्रश्न थियो र त्यसैअनुसार यसको प्रचार गर्‍यौँ। तर, अहिले हामीलाई दर्शकले यो वृत्तचित्र छुटाउनै नहुने रहेछ, त्यसैले हेर्न आएको भन्ने किसिमको प्रतिक्रिया दिनुभयो र उत्साहित भई हलमा निरन्तरता दिने निर्णय गर्‍यौँ।’

‘नो विन्टर होलिडेज्’को नामले पनि चिनिने यो वृत्तचित्र पुस २७ गतेदेखि हलमा लागेको थियो। यसअघि यसलाई संसारका विभिन्न प्रसिद्ध अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा देखाइएको थियो।

ad
ad