१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १२:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राष्ट्रपति पौडेलसमक्ष गोर्खा ब्रिगेडको वार्षिक प्रतिवेदन प्रस्तुत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:४३:oo

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका रथी तथा गोर्खा ब्रिगेडका कर्णेल कमान्डेन्ट रिचार्ड वार्डलो ओ.बी.ई. सहितको टोलीले गोर्खा ब्रिगेडको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ।

सो अवसरमा राष्ट्रपति पौडेलले विश्वमा शान्ति, स्थिरता र स्वतन्त्रता कायम गर्नु नेपाल र बेलायतको साझा उद्देश्य भएको बताउँदै यसमा एकले अर्कालाई सहयोग गरेर अघि बढ्नुपर्ने बताएका राष्ट्रपतिको सचिवालयले जनाएको छ।

उनले गोर्खा रेजिमेन्ट नेपाल र बेलायतको सम्बन्धको सेतु भएको बताउँदै पूर्वब्रिटिस गोर्खाका गुनासाहरू सम्बोधनका लागि कूटनीतिक तहमा भइरहेको छलफलमा संयुक्त अधिराज्य बेलायतले उदारता र सदभावबाट चाँडै टुंगोमा पुर्‍याउने विश्वास व्यक्त गरे।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको मुद्दा विश्वको प्रमुख चिन्ताको विषय बनेकाले यसमा मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो।

वार्डलोले प्रतिवेदन पेस गर्दै गोर्खाली सेनाको व्यावसायिकता, समर्पण र क्षमतालाई बेलायतले मात्र नभई संसारले सम्मान र प्रशंसा गरेको बताए।

प्रतिवेदनमा सन् २०२३ लाई फर्केर हेर्दा ब्रिगेड अफ गोर्खाजले विश्वलाई सुरक्षित बनाउन आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेको तथा अन्तर्राष्ट्रिय अनिश्चितताका बाबजुद गोर्खाहरूको प्रतिष्ठा र प्रभावकारिता कायम रहेको उल्लेख गरिएको छ।

सो अवसरमा बेलायती राजदूत रोब फेनको पनि उपस्थिति रहेको थियो।

ad
ad