Skip This
२६ वर्षीया सुत्केरी महिलाकाे मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १o:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

२६ वर्षीया सुत्केरी महिलाकाे मृत्यु

चिकित्सकको लापरबाहीले मृत्यु भएको परिवारको आरोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १o:४९:oo

सिराहाको मिर्चैयास्थित मिर्चैया अस्पतालमा प्रसूति गराउन गएकी महिलाको मृत्यु भएको छ।  पीडित परिवारले भने चिकित्सकको लापरबाहीले मृत्यु भएकाे आरोप लगाएका छन् ।  मिर्चैया नगरपालिका– ५ की २६ वर्षीया अल्काकुमारी साहले बिहीबार बिहान करिब साढे ५ बजेतिर दोस्रो सन्तान जन्माएपछि रक्तश्राव नरोकिएको, तर चिकित्सकले समयमै रेफर नगर्दा अकालमै ज्यान गुमाएको मृतकका श्रीमान् इन्द्रजितकुमार साहले आरोप लगाए ।

अल्कालाई बुधबार साँझ प्रसूति बेथा लागेपछि बुधार राति पौने ८ बजेतिर  मिर्चैया अस्पताल भर्ना गरेको श्रीमानले  बताए । नर्मल सुत्केरी भएकी उनको रक्तश्राव नरोकिएपछि चिकित्सकले भनेबमोजिम रगतको जोहो गर्नतिर लागेको जानकारी दिँदै उनले भने, ‘मिर्चैया आएलगत्तै रेफर गराएर एम्बुलेन्समा विराटनगर लैजाने क्रममा सिराहाको भगवानपुरमा बोल्न छोडेपछि सप्तरीको बोदेबर्साइनमा केही समय रोकियौँ, त्यहाँबाट विराटनगरस्थित नोबेल मेडिकल कलेज पुर्‍याएर उपचार थालिए पनि चिकित्सकले मृत घोषणा गरे ।’

अन्तिम अवस्थामा चिकित्सकले रेफर गरेकाले अकालमै श्रीमतीको ज्यान गएको उनको गुनासो छ । मिर्चैया अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सारिका गोइतले अस्पताल भर्ना भएकी अल्काले नर्मल डेलिभरी भएको र साल निस्किएपछि सामान्यभन्दा बढी रक्तश्राव भएको बताइन् ।

‘सुत्केरी हुँदा साल निस्किएपछि सामान्यतया पाँच सयदेखि ६ सय एमएल रक्तश्राव हुन्छ,’ उनले भनिन्, ‘सुत्केरीपछि त्योभन्दा बढी रक्तश्राव भएकी अल्कालाई आवश्यक औषधि चलाउँदै रेफर गर्नुपर्ने हुन सक्छ भनेका थियौँ ।’ साल निस्किएपछि पाठेघर खम्चिनुपर्नेमा नखुम्चिएको, रक्तश्राव रोक्ने औषधिले केही बेर रोकिने फेरि रक्तश्राव हुन थालेपछि रगत चढाएर आइसियूमा राख्नुपर्ने भएपछि अस्पतालले बिहान करिब साढे ७ बजेतिर रेफरको पत्र बनाएर दिएको उनले बताइन् । 

बिहान करिब ८ बजतिर लगिएको बिरामीलाई बाटोमै एम्बुलेन्स रोकेर स्थानीय क्लिनिकमा देखाउँदा पनि बिरामीको अवस्था थप जटिल भएको हुन सक्ने जानकारी दिँदै उनले विराटनगर पुर्‍याएर उपचार थालेको करिब आधा घन्टापछि निधन भएको आफूहरूले थाहा पाएको बताइन् । 

विराटनगरमा सुत्केरीको निधन भएपछि बिहीबार साँझ करिब ५ बजेतिर मृतक परिवारले एम्बुलेन्समा शव ल्याएर अस्पताल बाहिर राखी उपचारमा संलग्न चिकित्सक, उपचार प्रक्रियालगायतको विषयमा राति १० बजेसम्म छलफल भएको इलाका प्रहरी कार्यालय मिर्चैयामा प्रमुखप्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

 

ad
ad