लुम्बिनी बिजनेस समिट २०८० को फाइनान्स साझेदारका रूपमा रिलायन्स फाइनान्सले साझेदारी गर्ने भएको छ ।व्यावसायिक कृषि, वनपैदावर, जडीबुटी, पर्यटन, साना, मझौला, स्टार्टअप र नवप्रवर्तनलगायतका व्यवसायको विकास गर्दैै प्रदेशस्तरमा लगानीको अवसर र यसको प्रवद्र्धनका लागि पहिलोपटक प्रदेशस्तरमा आयोजना गर्न लागिएको समिटमा रिलायन्स फाइनान्सले साझेदारी गर्ने भएको हो ।
साझेदारीसम्बन्धी समझदारीपत्रमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ र आयोजक संस्थाहरूको तर्फबाट नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरेको जनाइएको छ । हस्ताक्षरपछि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वित्तीय साक्षरतासहितको आर्थिक विकास नै समृद्धिको मूल आधार भएकाले उद्यमशीलता र व्यावसायिक प्रवद्र्धनका लागि बिजनेस समिटमा वित्तीय संस्थाहरूको साझेदारी अनिवार्य भएको बताए ।
सम्मेलनमा प्रदेशभित्रका उद्यमी, वैदेशिक रोजगारीबाट फर्केका युवा, स्थानीय सरकार र प्रदेश सरकारका प्रमुखहरू, बैंक तथा वित्तीय संस्थाका साथै निजी संघसंस्थाका गरी ४०० को सहभागिता रहने जनाइएको छ ।