Skip This
त्रिशूली किनारमा नवौँ धादिङ महोत्सव 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका अर्जुन श्रेष्ठ
२o८१ बैशाख २६ बुधबार ११:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

त्रिशूली किनारमा नवौँ धादिङ महोत्सव 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, अर्जुन श्रेष्ठ
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार ११:४१:oo

गिटी, बालुवामा भन्दा कृषिमा लगानी गर्नुपर्छ : मुख्यमन्त्री जम्कट्टेल

त्रिशूली किनारमा नवौँ धादिङ महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कृषि क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । खेतीयोग्य तथा सार्वजनिक जमिन मासेर बालुवाको ढिस्कोमा हुने गरेको लगानी बन्द गर्नुपर्ने उनले बताए । 

‘अब चाउचाउ, बिस्कुट, कोकाकोला मात्र बेच्ने होइन । सिंगो धादिङमा कृषि क्षेत्रको उत्पादन र बजारीकरणमा ध्यान दिनुपर्छ । महोत्सवले पनि यसमा सहयोग गर्नुपर्छ,’ उनले भने ।

‘हाम्रा दाजुभाइ, दिदिबहिनीहरूलाई बालुवाको ढिस्कोतिर लगानी गर्न लगाउनुहुँदैन । हामीले कृषि पेसामा लगानी गर्न लगाउनुपर्छ,’ मुख्यमन्त्रीले भने, ‘स्थानीय युवालाई रोजगार सिर्जना गर्दै व्यवसायीहरूलाई कृषि व्यवसायमा लगानी गर्न प्रोत्साहन गर्नुपर्छ ।’

धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलस्राेत तथा उद्योगको पूर्वाधार’ भन्ने नारासहित नवौँ धादिङ महोत्सव गजुरी गाउँपालिका– ५ गलौदीस्थित त्रिशूली नदीको किनारमा बुधबारबाट सुरु भएको छ । 

महोत्सवको उद्घाटन समारोहमा विभिन्न जातजातिका कला, संस्कृति, जातीय पहिचान झल्कने वेशभूषा, झाँकी, पञ्चेबाजासहितको र्‍याली निकालिएको थियो । बुधबारबाट सुरु भएको नवौँ धादिङ महोत्सव माघ २१ गतेसम्म चल्नेछ । 

जिल्लाभित्रका कृषिजन्य उत्पादन र जलयात्रालाई प्राथमिकता दिने उद्देश्यले पृथ्वी राजमार्गमा महोत्सवको आयोजना गरिएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु थपलियाले बताए । 

राजमार्गआसपासमा जलयात्राको ठूला सम्भावना रहेको छ । यस महोत्सवले धादिङमा उत्पादित कृषिजन्य उत्पादनको बजारीकरण र जलयात्रालाई ठूलो सहयोग पुग्ने अपेक्षा रहेको उनले बताए । 

नवौँ धादिङ महोत्सवको आम्दानीबाट संघको संस्थागत विकाससँगै व्यावसायिक पुस्तकालयसहितको व्यावसायिक सूचना केन्द्र र सुविधासम्पन्न सभाहल निर्माणको लक्ष्य लिएकोे महासचिव तिलक सिंखडाले बताए ।

पर्यटन कृषि, घरेलु उद्योगलगायत स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने खालका दुई सय ५० स्टल रहेका छन् । महोत्सवमा पाँच करोडभन्दा बढीको व्यापार हुने अनुमान गरिएको आयोजकले जनाएको छ । 
 

ad
ad