१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o८:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

उत्तीर्ण सेवाग्राहीलाई तुरुन्तै सवारी लाइसेन्स दिन प्रधानमन्त्रीको निर्देशन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:५९:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरेका सेवाग्राहीलाई तुरुन्तै लाइसेन्स दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र र राहदानी सेवालाई थप व्यवस्थित बनाउनेबारे तालुक मन्त्रालय तथा मन्त्री, सचिव र सम्बन्धित विभागका प्रमुखहरूसँग सोमबार छलफल गरेर प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

१४ लाख सेवाग्राहीले सवारीचालक अनुमतिपत्र फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरिसक्दा पनि लाइसेन्स नपाउनु गम्भीर विषय भएको बताउँदै प्रचण्डले ती सेवाग्राहीलाई तत्काल लाइसेन्स उपलब्ध गराउन यातायात व्यवस्था विभागलाई निर्देशन दिए । अहिलेको युग प्रविधिको भएको भन्दै अब एकीकृत प्रविधिमा केन्द्रित भएर परिणाम दिनुपर्ने उनको भनाइ थियो । यसका लागि राज्यका संयन्त्रहरूले एकीकृत र समन्वयात्मक भएर योजनाबद्ध रूपमा काम गर्नुपर्ने उनले बताए । 

‘१४ लाख युवाले फाराम भरेर पनि लाइसेन्स पाएका छैनन् । उनीहरूलाई लाइसेन्स दिने काम तपाईंहरूको हो । त्यसका लागि नीति र बजेटमा अभाव भए त्यसको समाधान म खोज्छु,’ प्रचण्डले भने, ‘काम तपाईंहरूले नगर्ने गालीचाहिँ मैले खाने भइरहेको छ । लाइसेन्स नपाएका युवाले सरकार खत्तम देख्छन् । प्रधानमन्त्रीको आलोचना गर्छन् । तर, काम नगरेको प्रधानमन्त्रीले होइन, विभागले हो भन्ने बुझ्दैनन् । त्यो बुझ्ने कुरा पनि भएन नि । लाइसेन्स पाउने उनीहरूको अधिकार हो । यसमा लापरबाही नगर्नुस् ।’ 

आफू प्रधानमन्त्री भएलगत्तै सेवा प्रदायक कार्यालयका लामालामा लाइन हटाउने प्रतिबद्धता गरेकामा एक वर्षको अवधिमा देखिने गरी सुधार भए पनि पूरै सुधार नभएको भन्दै उनले यसमा गम्भीर हुन सचेत गराए । ससाना प्राविधिक समस्या सुल्झाउन पनि विदेशीहरू नै बोलाउनुपर्ने स्थिति रहेको भन्दै उनले देशलाई आवश्यक पर्ने जनशक्ति योजनाबद्ध तरिकाले उत्पादन गर्नमा ध्यान दिनुपर्ने बताए । 

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवाप्रदायक कार्यालयहरूले उच्च प्रविधिको प्रयोगमार्फत शीघ्र सेवाप्रवाह गर्न प्रधानमन्त्रीको चासो र दिएको निर्देशनलाई गम्भीर रूपमा लिई कार्यसम्पादन गर्न निर्देशन दिए । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले एकीकृत डाटा प्रणालीका लागि सेवाप्रदायक परामर्शदातासँग अन्तत्र्रिmया आवश्यक रहेको बताउँदै विद्यमान डाटा प्रणालीलाई व्यवस्थित गरी सकेसम्म छिटो, प्रभावकारी र एकीकृत सेवा प्रवाह गर्नुपर्ने बताए । 

ad
ad