१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o८:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्री प्रचण्ड युगान्डामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:२५:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार पूर्वी अफ्रिकी मुलुक युगान्डा गएका छन् । असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९औँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री युगान्डा गएका हुन् ।

असंलग्न राष्ट्रहरूको शिखर सम्मेलन ५ र ६ माघमा युगान्डाको राजधानी कम्पालामा आयोजना हुनेछ । शुक्रबार प्रधानमन्त्रीले सम्मेलनलाई सम्बोधन गर्नेछन् । सम्मेलनका क्रममा प्रधानमन्त्रीले विभिन्न देशका नेताहरूसँग साइडलाइन वार्ता गर्नेछन् । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल ७ माघमा स्वदेश फर्किनेछ ।

नेपाल असंलग्न आन्दोलनको संस्थापकमध्ये एक हो । नेपालले सबै सम्मेलनमा सहभागिता जनाउँदै आएको छ । हाल युगान्डा असंलग्न आन्दोलनका सदस्य मुलुकहरूको अध्यक्ष हो । सन् २०२२ देखि २०२५ सम्म युगान्डा अध्यक्ष रहनेछ । 

ad
ad