मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ३ बुधबार
  • Thursday, 19 December, 2024
२o८o माघ ३ बुधबार १३:३२:oo
Read Time : < 1 मिनेट
सप्तरंग

रारामा सुटिङ भएकाे ‘सम्झ्या मात्रै नरोया’ देउडा गीत सार्वजनिक  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ ३ बुधबार १३:३२:oo

पर्यटकीय स्थल रारा सेरोफेरोमा पहिलोपटक देउडा गीत सुटिङ गरिएको छ। र, भिडियो युट्युबमार्फत प्रसारणसमेत गरिएको छ।

गीतकार, संगीतकार, साहित्यकार तथा निर्देशक हिक्मत शाही क्षितिजको शब्द तथा संगीतमा रहेको ‘सम्झ्या मात्रै नरोया’ भन्ने देउडा गीतको सुटिङ राराको सेरोफेरोमा भएको हो। 

बुधबार सार्वजनिक गरिएको गीतमा अहिलेकी चर्चित गायिका पूजा देवकोटा र नवोदित गायक धीरज सिंहको सुमधुर स्वर छ।

रारातालको किनारैकिनारमा  छायांकन भएको यो गीतमा अभिनयतर्फ हिक्मत शाही क्षितिज, सैलेश हमाल, सिर्जना गिरीको भूमिका छ। क्यामेरामा उब्जन युके र निर्देशन स्वयं हिक्मत शाहीले गरेका छन्।

समुद्री सतहदेखि दुई हजार नाै सय २९ मिटरमा अवस्थित रारातालमा आउने पर्यटकलाई दिइने सम्मान, सत्कार साथै माझीदाइको जिन्दगीको कथा यस गीतमा समेटिएको छ।

शाहीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो देउडा गीतमा कर्णाली र सुदूरपश्चिममा गाइने टिपिकल देउडा गीतमा खस भाषाका चलनचल्तीका शब्द छन्।

मनोरञ्जन मात्र नभएर राराको पर्यटन, विकास, प्रवर्द्धन, प्रचारप्रसारमा समेत टेवा पुगोस् भनेर राराकै सेरोफेरोमा गीतको धेरै दुःखकष्ट गरेर सुटिङ गरिएको हिक्मत शाहीले बताए।