ज्योति विकास बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन हुने भएको छ । बैंकको १६औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष ०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित ०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
साथै, सभाले सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने महिला सञ्चालक पदमा मन महर्जनलाई आगामी चार वर्षका लागि निर्विरोध निर्वाचित गरेको छ ।